काठमाडौँ पुस ३ । प्रतिनिधि सभाको समानुपातिकतर्फको मतगणना सकिँदा कानुनले निर्धारण गरेको सदर मतको तीन प्रतिशत पाउने दल पाँच वटा मात्रै देखिए तर यदी थेस्रहोल्ड नभएको भए ११ दलले समानुपातिक सांसद पाउथे । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपाल , विवेकशील साझाले तीन सिट पाउँथ्यो । त्यसैगरी अघिल्लो संविधान सभा निर्वाचनमा समानुपातिकबाट २४ सिट जित्ने राप्रपाले २ सिट र राप्रपाबाट टुक्रिएको राप्रपा प्रजातान्त्रिकले १ सिट पाउँथ्यो।
१ सिट पाउने थप दलहरुमा चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदूर किसान पार्टी र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी लगायतको प्रतिनिधीत्व हुन्थ्यो ।