सोल, २७ माघ । दक्षिण कोरियाका प्रधानमन्त्री तथा कार्यवहाक राष्ट्रपति ह्वाङ क्योहन राष्ट्रपतीय निर्वाचनका लागि दोस्रो लोकप्रिय उम्मेदवारको रुपमा देखिनुभएको छ ।
राष्ट्रपतीय निर्वाचनका सन्दर्भमा गरिएको एक सर्वेक्षणले उहाँलाई दोस्रो नम्मरमा चढेको देखाएको हो ।
संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव बानकी मुनको समर्थनका कारण उहाँको लोकप्रियता बढेको हुनसक्ने अनुमान गरिएको छ ।
बिहीबार सार्वजनिक भएको सर्वेक्षण विवरणका अनुसार, ह्वाङले अघिल्लो सर्वेक्षणमा भन्दा ३.५ प्रतिशत मत बढी पाउनुभएको छ ।
गत सोमबारदेखि बुधबारसम्म एक हजार ५०८ जना मतदातामा गरेको मत सर्वेक्षणबाट यस्तो नतिजा देखिएको हो । उहाँ पहिलो पटक दोस्रो पंक्तिमा पर्नुभएको हो ।
राष्ट्रसङ्घका पूर्वमहासचिव मुनले गत हप्ता आपूm राष्ट्रपतीय निर्वाचनको उम्मेदबार नबन्ने स्पष्ट पार्नुभएको थियो ।
राष्ट्रसङ्घको महासचिवको पाँच वर्षे दोस्रो कार्यकाल पूरा गरी बान गत जनवरी १२ मा मात्रै दक्षिण कोरिया फर्किनुभएको थियो ।
स्वदेश फर्किएपछि उहाँले देशका विभिन्न ठाउँमा गएर नागरिक अगुवा र राजनीतिज्ञसँग अन्तरक्रिया गर्नुभएको थियो । त्यो अन्तरक्रियापछि उहाँले आपूm राष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा नरहेको स्पष्ट पार्नुभएको थियो ।
मुनले उम्मेदवारी नदिने घोषणा गर्नासाथ ह्वाङको लोकप्रियता बढेको देखिएको हो । अहिले लोकप्रियता बढाउदै लैजानुभएका ह्वाङ पूर्व कानुनमन्त्री र निरन्तर राजनीतिमा सक्रिय व्यक्ति हुनुहुन्छ