दाङ बस दुर्घटनाप्रति परिवार दलद्धारा शोक व्यक्त

प्रकासित मिति: ७ पुष २०७५, शनिबार १४:४२

काठमाण्डौ । नेपाल परिवार दलले दाङ बस दुर्घटनामा परी मृत्यु भएकाहरुप्रति शोक व्यक्त गरेको छ । दलका महामन्त्री बिनोद डाँगी द्धारा जारी बिज्ञप्तिमा बस दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दुर्घटनामा परी घाईते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको छ ।
शुक्रबार दाङको घोराहीस्थित सहिद कृष्ण सेन इच्छुक बहुप्राविधिक शिक्षालयका विद्यार्थी र शिक्षक चढेको गाडी शुक्रबार बेलुकी ५ बजेतिर दाङको तुलसीपुर नगरपालिका(३ राम्री भन्ने ठाउँमा दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ ।
परिवार दलले वर्षेनी नेपालमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेहरुको संख्या बढिरहेको भन्दै उनले सवारी दुर्घटना न्यूनीकरण र नियन्त्रणका लागि सडकहरुको समय(समयमा मर्मत सम्भार, सवारी साधनहरुको अवस्थाको नियमित चेकजाँच र चालकहरुलाई सम्भावित दुर्घटनाबाट कसरी बच्ने(बचाउनेजस्ता प्रशिक्षणहरुको व्यवस्था गर्नतर्फ लाग्न सरकारलाई आग्रह गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement