राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा दिनेशकुमार थपलियालाई शुक्रबार प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा २४५ को उपधारा ९२० बमोजिम प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
यसैगरी, राष्ट्रपतिले सोही संविधानको धारा २५८ को उपधारा ९२० अनुसार संवैधानिक परिषद्को सिफारिसमा विष्णुमाया ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा नियुक्त गरेकी छन् ।