बंगलादेश बाट उडेको यु एस बांग्ला विमान सोमबार अपरान्ह त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा चालक दलका सदस्यहित ४९ जनाको मृत्यु भएको सम्झनामा सक्षम फाउण्डेशन नेपालले मंगलबार माइतीघर मण्डलामा दिप प्रज्वल कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रममा १ मिनेट मौन धारण पछि गरिएको दिप प्रज्जवलन कार्यक्रममा स्थानीय कलेज, संघसंस्थाका व्यक्तिहरु सो दिप प्रज्जवलन कार्यक्रमपछि संस्थाका सदस्य नविन साहले सोहि घटनामा वारुणयन्त्र घटनास्थलमा पुग्न केही मिनेट समय लागेको र सो अवधिमा कति जिवितपनि मृत्युको मुखमा पुगेको थियो । हामी जनवर्गले यदि त्यस्ता अत्याबस्यक सवारीसाधनलाई प्राथमिकता दिंदा कतिको ज्यान जोगिने हुँदा हामिले त्यस्ता अति आवश्यक सवारीसाधनलाई प्रथम प्राथमिकता दिने आजैबाट अठोट गर्ने निर्णय गरेको कुरा संस्थाका अध्यक्ष डा. सि।के सिंहले जानकारी गराए । उक्त ६७ जना यात्रु सवार रहेको विमानमा ३३ जना नेपाली थिए ।