दुई कोरियाली शिखर वार्ताको सफलता काठमाण्डौंमा मनाइयो

प्रकासित मिति: २८ बैशाख २०७५, शुक्रबार १५:००

काठमाण्डौं । यूनिभर्सल पीस फेडेरेसन र शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय संघको आयोजनामा कोरियाली प्रायद्वीपको एकता, शान्ति र समृद्धिका लागि भएको ऐतिहासिक पानमुन्ज्योन घोषणालार्इ स्वागत गर्नका लागि काठमाण्डौंमा बिहिबार विशेष समारोहको आयोजना गरियो । दक्षिणकोरियाली राष्ट्रपति मुन जे इन् र उत्तरकोरियाका स्टेट अफेयर्स कमिसनका सभापति किम जोङ् उन का बिचको अन्तर कोरियाली शिखर वार्ता दक्षिण कोरियाली भूभाग भित्र पर्ने संयुक्त सुरक्षा क्षेत्रमा गत अप्रिल २७ तारिखमा सम्पन भएको थियो ।

शिखर वार्तालार्इ स्वागत गर्न काठमाण्डौंमा आयोजित कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री माननीय माधवकुमार नेपालले आफूले सन् १९९३ र २०१७ मा गरेको उत्तर कोरियाको भ्रमणको स्मरण गरे । उहाँको पहिलो उत्तर कोरिया भ्रमणको अवसरमा उहाँले उत्तर कोरियाका तत्कालिन राष्ट्रपति किम इल सुङसँग र उहाँको हालसालैको भ्रमणका क्रममा उहाँले उत्तर कोरियाको सर्वोच्च जनसभाका राष्ट्रपति तथा उत्तर कोरियाली वर्कर्स पार्टीका उपाध्यक्ष री सु योङसँग शिष्टाचार भेट गर्नुभएको थियो । राष्ट्रपति किम र उपाध्यक्ष री दुवैजना अन्तर कोरियाली शिखर वार्ता २०१८ का प्रतिनिधि हुनुहुन्थ्यो । उक्त अवसरमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यूनिभर्सल पीस फेडेरेसन तथा शान्तिका लागि अन्तर्राष्ट्रिय संसदीय संघका संस्थापक डा. सन म्योङ्ग मुन र डा।.हाक जा हान मुनले दुर्इ कोरियाली प्रायद्वीपको शान्तिपूर्ण पूनःएकीकरणका लागि पुर्याउनुभएको योगदानको समेत चर्चा गर्नुभएको थियो । नेपालले अन्तर कोरियाली शिखर वार्ताको हृदयदेखि नै खुलेर स्वागत गरे ।

सो अवसरमा शान्तिका लागि संसदीय संघ एशिया प्यासिफिकका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले बैठकले अन्तर कोरियाली शिखर वार्ताको स्वागत तथा छिटोभन्दा छोटो दुर्इ कोरिया बिच शान्तिपूर्ण होस् भन्ने कामना समेत गर्नुभयो । ढकालले कोरियाली प्रायद्वीपको शान्तिपूर्ण एकताका लागि युपीएफले गरेका प्रयत्नहरूको बारेमा समेत प्रष्ट्याउनुभएको थियो ।

पत्रकारहरसँग ढकालले भन्नुभयोः “आज हामी यहाँ कोरियाली प्रायद्वीपको एकता, शान्ति र समृद्धिका लागि भएको ऐतिहासिक पानमुन्ज्योन घोषणालार्इ स्वागत गर्न, ऐक्यबद्धता जनाउन र दुवै कोरियाका सरकार र नागरिकहरूलार्इ साथ दिनका लागि भेला भएका हौं ।“

नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ् हाकले अन्तर कोरियाली शिखर वार्ता सफल भएकोमा खुशी व्यक्त गर्दै त्यसका लागि हातेमालो गर्नुहुने सम्पूर्ण अन्तर्रष्ट्रिय समुदायहरूलार्इ धन्यवाद दिनुभयो । राजदूत किमले पालमुन्जयोम घोषणालार्इ दुवैदेशले इमान्दारिताका साथ पालना गर्नेमा आशावादी रहेको कुरा बताउनुभयो । दक्षिण कोरियाका सुक इल जिङ्ले छिट्टै नै एकीकृत कोरिया र नेपालले शान्ति र समृद्धिका लागि हातेमालो गर्ने कुरा बताउनुभयो ।

सो अवसरमा कानून तथा न्याय मन्त्री शेर बहादुर तामाङ्ग, विभिन्न पार्टीलार्इ प्रतिनिधित्व गर्ने संघीय सांसदहरू, पूर्व मन्त्रीहरू, पूर्व् सभासद तथा सांसदहरू, प्राध्यापकहरू, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, संघीय संसदका सचिव लयायत ६० भन्दा बढी विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

यूनिभर्सल पीस फेडेरेसन संयुक्त राष्ट्रसंघको सामाजिक तथा आर्थिक सल्लाहकारको मान्यता पाएको अन्तर्राष्ट्रिय संस्था हो । शान्तिका लागि अन्तर्राष्ट्रिय संघ विश्ववरका विधायकहरूको अनुभव र विवेकलार्इ मानव हीत र समस्याहरूको समाधान खोज्ने कार्यमा प्रयोग गर्नका लागि संचालन गरिएको संसारभरिका सांसदहरूको साझा संस्था हो ।

Bhansar Bivag
Argakhachi Cement