धरानमा पारिवारिक शान्ती महोत्सव २०७६ असोज ४ गते सम्पन्न भएको छ । महोत्सव विश्व शान्ती तथा एकीकृत परिवार संघ सुनसरीको आयोजना र नेवार एकता समाज धरानको संयोजकत्वमा चुम्लुङ्ग हिम धरानमा सम्पन्न भएको हो । विश्व शान्ती तथा एकीकृत परिवार संघका अध्यक्ष राम लिम्बुको अध्यक्षतमा सम्पन्न भएको थियो । कार्यक्रममा जापान, कोरिया र फिलिपिन्स लगायतका मुलुकबाट आउनु भएका ९ जना विदेशी पाउनाहरुलाई ढाका टोपी, ढाकाको सल, रुद्राक्षको माला लगाएर सम्मान् गरिएको थियो । विश्व शान्ती दिवसको उपलक्ष्यमा असल परिवार समृद्ध समाज भन्ने उद्देश्यका साथ आयोजित समारोहमा श्रीमान् श्रीमतीको जोडी सहित करिव ७०० जनाको सहभागिता रहेको थियो ।
प्रमूख अतिथि प्रदेश नंं १ का उपसभामुख माननीय सरस्वती पोखरेलले समृद्धि नेपाल र सुखी नेपाली बन्नका लागि परिवारमा श्रीमान् र श्रीमती बीचको सम्बन्ध सुमधुर हुनुपर्ने कुरालाई जोड दिनु भएको थियो । पारिवारिक मुल्य र मान्यतामा आधारित बैवाहिक प्रतिवद्धता एवं पारिवारिक शान्ती महोत्सवले दिएको शन्देसलाई राम्ररी बुझ्न र यसलाई आफ्नो जीवनमा उपयोग गर्न सके परिवार सुशी हुने विश्वास पोखरेलले व्यक्त गर्नु भयो । संयोजक संस्थाको अध्यक्षको तर्फबाट स्वगत गर्दैे राजेशमान श्रेष्ठले श्रीमान् श्रीमती विचको सम्बन्ध कसिलो हुनु पर्ने बताए । पती पत्नी विचको सम्बन्धमा शंखा जास्तो रोग कुनै नभएरको र विश्वास जस्तो ठूलो औषधि कुनै नभएको विचार व्यक्त गर्नु भएको थियो । व्यक्तिमा सिर्जनशिलता, परिवारमा सुमधुर सम्बन्ध, धर्ममा सहिष्णुता, राजनीतिमा शुसासन भएमा मात्र देशमा शान्ती हुने कुरा कार्यक्रमका संयोजक मोहन श्रेष्ठले व्यक्त गरेका थिए ।
महोत्सवमा विभिन्न धर्मका धर्मगुरु एवं प्रतिनिधिहरुले शान्ती पाठ गरी करुवाबाट एकै ठाँउमा पानी खन्याई उक्त पानीले सहभागीहरुलाई आचमन गरिएको थियो । बैवाहिक प्रतिवद्धता समारोहमा विशाल श्रेष्ठ, महेश श्रेष्ठ र प्रेम लिम्बुको जोडीलाई नमूनाको रुपमा प्रस्तुत गरी विवाहलाई नविकरण गरिएको थियो । प्रेम सिक्ने र सिकाउने थलो घर भएकाले घरबाट असल संस्कार र शिक्षा दिनुपर्ने कुरामा कार्यक्रमले जोड दिएको थियो । विवाह अघि यौन सम्बन्ध राख्न नहुने र विवाह पछि पनि पति पत्नी विचमा नै यौन सम्बन्धलाई सिमित राखि यौनलाई पवित्र र चोखो बनाउनु पर्ने कुरा विशिष्ट अतिथि एवं राष्ट्रिय कलाकार विक्रम श्रीले बोलेका थिए ।
कार्यक्रममा प्रदेश नं. १ का सांसद चन्द्र प्रसाद श्रेष्ठ, सांसद सावित्री जोशी, व्लाष्ट टाईम्स राष्ट्रिय दैनिकका प्रधान सम्पादक राजकुमार कार्की, वराह ज्वेलरी धरानका प्रमूख मानबहादुर विश्वकर्मा, बहुभार्षिक विद्यालय चुलाचुली ईलामका डम्बर तुम्बापो, संघको सुदुर पश्चिम संयोजक कमल अधिकारी र लेटाङ्ग शाखा संयोजक लोकबहादुर गिरी विशेष अतिथिको रुपमा रहनु भएको थियो ।
समारोहमा पारिवारिक संरचना र विवाहको महत्वको विषयमा विश्व शान्ती तथा एकीकृत परिवार संघका केन्द्रिय उपाध्यक्ष काशीनाथ खनालले प्रस्तुतीकरण गर्न भएको थियो । कार्यक्रम संचालक समेत रहनु भएको नेवार एकता समाजका कार्यसमिति सदस्य दिपेन्द्र श्रेष्ठले कार्यक्रमबाट परिवार विचको सम्बन्ध मात्र नभएर नेवार एकता समाज र विश्व शान्ती तथा एकीकृत परिवार संघ विचको सम्बन्ध समेत प्रगाढ भएको विचार व्यक्त गरेका थिए ।