धर्मगुरुमाथि आक्रमणको परिवार दलद्वारा भत्सर्ना

प्रकासित मिति: २५ चैत्र २०७४, आईतवार १५:१२

विराटनगरमा हिन्दु धर्मगुरु आचार्य श्रीनिवासमाथि भएको गोली प्रहारको घटनालाई नेपाल परिवार दलले भत्र्सना गरेको छ  ।  दल द्वारा जारि बिज्ञप्तिमा घटनाको तत्काल छानविन गरी अपराधीलाई कानुन बमोजिम कारबाही गर्न  र यस प्रकारको घटना दोहोरिन नदिन आवश्यक प्रवन्ध मिलाउन सरकारसँग परिवार दलले माग गरेको छ । सामाजिक तथा धार्मिक सदभाव बिथोल्ने सबैखाले गतिबिधिलाइ नियन्त्रण गर्न र निशन्देह आ-आफ्नो धर्म संस्कृतिको स्वतन्त्ररुपमा अभ्यास गर्न पाउने संबैधानिक अधिकारको प्रत्याभूति सबै नागरिकमा गराउन पनि  परिवार दलले सरकार संग माग गरेको छ । साथै दलले  घाईते आचार्य श्रीनिवासको निशुल्क उपचार गर्न सरकारलाई आग्रह गर्दै उहाँको  शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

Bhansar Bivag
Argakhachi Cement