नक्खु जेल विद्रोहलाई सफल बनाएका पौडेल बन्लान त मुख्यमन्त्री ?

प्रकासित मिति: १ मंसिर २०७४, शुक्रबार ०९:०१

माधव पौडेल
एमालेको तर्फबाट ललितपुर–क्षेत्र नंं २ (क) को प्रदेशसभा उम्मेदवार

नेपालको राजनीतिक आन्दोलनमा महत्वपूण भुमिका खेल्ने र राजनीतिलाई नयाँ मोड दिने २०३३ सालमा भएको नख्खु जेल विद्रोहका एक योद्धा माधव पौडेलवाम गठबन्धनबाट एमालेको तर्फबाट ललितपुर–क्षेत्र नंं २ (क) को प्रदेशसभा उम्मेदवार भएपछि नक्खु जेल विद्रोहलाई धेरैले सम्झन थालेका छन् । गोपाल शाक्य, सीपी मैनाली लगायतका धेरै नेतासँग जेल ब्रेक गर्ने र सिन्धुपाल्चोक पिस्कर हत्याकाण्डको नेतृत्व गरेका नेता पौडेल ४१ वर्षे आफ्नो राजनीतिक संघर्षको आधारमा प्रदेश नम्वर ३ को मुख्यमन्त्रीको दावी गरिरहनु भएको छ । छाँया आचार्यले गर्नु भएको कुराकानी ?

ललितपुर–क्षेत्र नंं २ (क) मा गठबन्धनको अवस्था हेर्दा चुनाव जित्नेमा कत्तिको आशावादी हुनुहुन्छ ?
स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा खसेको मतको आधारमा नै अत्यधिक मत अन्तरले जित्छु, त्यो भन्दा पनि अहिले संयुक्त बाम गठबन्धनले सारेको साझा पत्र र हाम्रो चुनावी अभियानका आधारमा धेरै उत्साह थपिएको छ, चुनाव निश्चित रुपमा मैले नै जित्छु । अहिले घर दैलोमा जादा कार्यकर्ता र आम मतदातामा पनि उत्साह पाएको छु । विगतमा वामपन्थी शक्तिमा फुट आएर बिचलित भएका धेरै साथीहरु हामिलाई साथ दिन फर्कनु भएको छ । म मात्रै जित्ने होइन ललितपुर पुरै बाम गठबन्धनले जितेर फेरी लाल किल्ला बन्ने सुनिश्चित भैसकेको छ ।

राजनीतिमा प्रवेश कसरी भयो ? कत्तिको जेल जीवन विताउनु भयो ?

बिसं २०२७ सालदेखि विद्यार्थी राजनीतिमा लागेको १ वर्षमै पक्राउ परेर जेल जीवन बिताउदा म मा झन बिद्रोही भावना बढ्दै गयो र पूर्णरुपमा राजनीतिमा लागे । २०२८ को जदुवा हत्याकाण्डमा रामेश्वर र कुशेश्वर दुईजना विद्यार्थी मारेको घटनाको बिरोधमा न्युरोडमा प्रदर्शन गरेर पर्चा वितरण गर्दा म पक्राउ परें । त्यसपछि ३१ सालमा फेरी तीन महिना जेलमा परे ।
नख्खु जेल विद्रोहमा पनि तपाईको योगदान ठूलो थियो भनिन्छ, त्यसको बारेमा पनि बताइदिनु हुन्छ की ?
पार्टी र विद्यार्थी संगठनको तर्फबाट २०३२ मा पर्चा छर्ने क्रममा प्रहरीले पक्राउ गरेर जेल हाल्यो, लामो समय नख्खु जेलमा बस्यौं । जेलमा रहेका राधाकृष्ण मैनाली, गोपाल शाक्य, नरेश खरेल, भीष्म धिमाल, घनेन्द्र बस्नेत, जीवन मगर, भारतीय नक्सलाइट आन्दोलनका नेता निमु सिंह भनिने राजन राजवंशी लगायतका हामी सबै मिलेर जेलब्रेक गरेर बाहिर निक्लने निर्णय लियौं । ३२ दिनपछि अर्थात् २०३३ चैत १२ गते बिहान ४ बजे नै सुरुङ तयार भयो । त्यो रात ठूलो हावाहुन्डरी चलेको थियो । जेलभित्र मात्र होइन, बाहिरका सबै बत्ती निभेका थिए, त्यही मौकामा हामि जेलबाट भाग्यौ । त्यतिबेला सरकारले हामीलाई अवैधानिक गतिविधि र उग्रवादी कम्युनिस्ट गतिविधि गरेको आरोप लगाएको थियो ।

तपाईसँग राजनीति सुरु गरेका र जेल बसेका नेताहरु आज पार्टी र देशकै उच्च पदमा पुगि सके तपाई चाही किन प्रदेशसभामा खुम्चीन लाग्नु भएको ?
देशको बिकासका लागि तल माथि जहाँ बसेर काम गर्दा पनि फरक छैन । पार्टीले जस्तो जिम्मेवारी दियो त्यसै अनुसार काम गर्दै जाने हो । २०४९ सालमा जिल्ला बिकास समिती ललितपुरको सभापतिमा निर्वाचित भए र त्यसपछि फेरी २०५४ सालमा पनि सभापतिमा निर्वाचित भए १० वर्ष स्थानिय निकायमा काम गर्दा मलाई तल्लो तहको नेतृत्व गर्नु पर्दोरहेछ भन्ने भावना भयो । अहिले पनि मलाई प्रदेशमा खुम्चनु परेकोमा चिन्ता छैन । पार्टीको केन्द्रिय अनुशासन आयोगको सदस्यको रुपमा ५ वर्ष काम गरे, अहिले सचिवको रुपमा कार्यरत छु, पार्टीको केन्द्रिय राज्य व्यवस्था विभागको सदस्य पनि भए । प्रधानमन्त्रीको राष्टिय विकास परिषद, विकेन्द्रिकरण समिति, विकेन्द्रिकरण कार्यान्वयन तथा अनुगमन समिति, स्थानिय निकाय वित्तिय आयोग र उच्च स्थानिय विकेन्द्रिकरण कार्यदल लगाएत धेरै राष्ट्रिय स्तरका संघ संगठन र निकायमा बसेर काम गर्ने अवसर पाएको छु ।
१० वर्ष स्थानिय निकायको नेतृत्व गर्दा के के काम गर्नु भो र मतदाताले तपाईलाई भोट दिने ?
म १०वर्ष स्थानीय तहको कार्यकारी नेतृत्वमा बसेर मैले ललितपुरको धेरै बिकास गरेको छु । केन्द्रको अधिकार तलसम्म आउनुपर्छ भनेर करिब २५ वर्षदेखि अधिकारको वितरणका विषयमा आन्दोलन गरिरहेकोले यसले ललितपुरलाई मात्रै होइन पुरै देशलाई फाईदा पुराएको छ । २०५५ सालमा जिविस महासंघको उपाध्यक्ष हुँदै अध्यक्ष भएको र हालसम्म पनि केन्द्रिय कार्यसमितिमा रहेर काम गरिरहेको छु । अहिले पनि ललिपुरको २ नं क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन भनेर लाँकुरी भञ्ज्याङ पर्यटन विकास समितिको अध्यक्ष भएर काम गरिरहेको छु ।
तपाईले जित्नु भो भने पार्टीले मुख्यमन्त्रीमा सिफारिस गर्छ त ? पार्टी उपाध्यक्ष समेतले दावी गरिरहनु भएको छ ।

पार्टीले मेरो संघर्ष र इतिहासका आधारमा मलाई मुख्यमन्त्री बनाउछ भन्नेमा म बिश्वस्त छु, त्यसैले मैले जितेपछि ललितपुरले मुख्यमन्त्री पाउछ भनेर हिडेको छु । त्यती मात्रै नभई प्रदेश नं तीनलाई समृद्ध बनाई यहाँका नागरिकको सुन्दर भविष्य बनाउने सिर्जनशील सोच र सपना पनि म र मेरो समुहमा छ । पार्टीमा अहिलेको पदका रूपमा नभएर कामको अनुभव र राजनीतिक आन्दोलनका आधारमा रोलक्रम हेर्ने हो भने म मुख्यमन्त्रीको स्वाभाविक हुन पाउनु पर्दछ ।
तपाई बाम गठबन्धनमा चुनाव लड्दै हुनुहुन्छ चुनाव पछी पार्टी एकिकरण सम्भव छ ?

पार्टी एकिकरणको बिकल्प नै छैन । नेपालमा स्थीर सरकार नहुनु नै पछाडी पर्नुको कारण हो । त्यसैले स्थीर सरकार र आर्थिक विकासका लागि बामसक्ति एकजुट हुनु पर्दछ भन्ने जनमतकै आधारमा बाम गठबन्धन बनेको हो र चुनाव पछी अवस्य एकिकरण हुन्छ र बाम सरकार बन्छ । अहिले सम्म हामिले लामो समय सरकारको नेतृत्व गर्न नपाएकाले पनि केही गर्न नसकेको हो । हाम्रो स्थीर सरकार बन्यो भने १० वर्ष भित्र यो देशको मुहार फेरिने छ र छिमेकी सक्तिराष्ट्रहरु सँग प्रतिस्पर्धा गर्न सक्छौं ।

Bhansar Bivag
Argakhachi Cement