नजिकको साथी नै सहकारी

प्रकासित मिति: २० चैत्र २०७४, मंगलवार १६:०७

रित बहादुर श्रेष्ठ (कृष्ण)
काठमाण्डौ । सानो सानो पुजीलाई संकलन गर्ने तथा स्थानीय स्तरको आर्थिक बिकासमा टेवा पुरयाउँदै आएको सहकारीको सहकारी स्थापनाको ६१ बर्ष पुरा गरेको छ । अहिले नेपालमा ३४ हजार भन्दा बढी सहकारी छन् । बैकको पहुँच नपुगेको ठाउँमा बिशेषगरी सहकारीले बढी आर्थिक कारोबार गर्ने गरको छ । देशको अर्थ नितिमा सहकारीको महत्वपूर्ण स्थान रहेको छ । ४२ अर्व भन्दा बढी शेयर पुजी रहेको सहकारीमा ३ खर्ब भन्दा बढी भन्दा बढी परिचालनमा छ ।
सहकार्य नै सहकारीक हो कीनभने सहकार्य मार्फत सहकारी परिचालन गरी एक अर्काको आर्थिक समस्या समाधान हुने गर्दछ । सानो सानो पुजीलाई एकिकृत गदै लगानी पुजी बृद्धि गदै आर्थिक बिकासमा टेवा पुरयाएको छ । आर्थिक बिकास नै राष्ट समृद्धिको आधार हो । आर्थिक सम्बृद्धिले ने सबैको मुहारमा खुशी ल्याउन सक्छ त्यसको महत्वपूर्ण पाटो बनेको छ यतिबेला सहकारी । सामान्य किसान,मजदुर देखि सम्पुुर्ण तह र तप्काका मानिसका लागि यो महत्वपूर्ण आधार स्तम्भ बनेको छ ।
नीजि सार्बजनीक र सहकारी गरी राष्टले तीन खम्बे अर्थ निति अंगिकार गरे पनि सहकारीको क्षेत्रमा राज्यले खासै उपलब्धी हासिल हुने गरी कुनै काम गरेको छैन । भन्नलाई तीन खम्बा मध्ये एक हो भन्ने गरेपनि सहकारीलाई ब्यबस्थीत र मर्यादित बनाउने काममा सरकार लागेको छैन । सहकारी सबैको आवश्यकता र सबैको सहज पहुचको ब्यबस्था गरिनुपर्छ । यसलाई खाली बचत तथा ऋण लगानी गर्ने मात्र नभई अव उत्पादनको क्षेत्रमा समेत लगाउन सक्नु पर्छ ।
सहकारी तथा गरिबी निबारण मन्त्रालय, सहकारी बिभाग, डिभिजन सहकारी लगायत सहकारीको क्षेत्रमा क्रियाशिल संघ संस्थाले पनि सहकारीको बिकासमा र यसको उन्नतीमा लाग्नुपर्छ र सहकारीको माध्यबाट मात्रै देशको उन्नती सम्भव छ । सहकारीले बचत तथा ऋणमा मात्र हैन अन्य क्षेत्रमा समेत लगानी बिस्तार गदै उत्पादन तथा रोजगारी सृजना गर्ने सके मात्र यसले देशको बिकासमा टेवा पु¥याउन सक्छ ६१ औ राष्ट्रिय सहकारी दिवसका अवसरमा सबै सहकारी कर्मीहरुलाई यहि दिशामा लाग्न प्रेरणा मिलोस शुभकामना ।
लेखक ः हाम्रो बचत तथा ऋण सहकारी संस्था गोदार , धनुषाका अध्यक्ष हुन् ।

Bhansar Bivag
Argakhachi Cement