१० फागुन, काठमाडौं । नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्रि एकनाथ ढकालबीच भेटवार्ता भएको छ । मङलबार भट्टराई निबासमा भएको भेटमा समसामयिक राजनैतिक बिषयमा छलफल भएको भेटमा सहभागी परिवार दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए । गोरखाका दूई नेताको भेटमा परिबर्तनका उपलब्धिहरुको संरक्षण गर्ने तथा संबिधानलाइ थप स्वीकार्य बनाउन आन्दोलनरत दलका मागहरु सम्बोधन कसरी गर्ने भन्ने बारेमा पनि छलफल भएको थियो । सरकारले स्थानीय तहको निर्बाचनको मिति घोषणा गरेको भोलिपल्ट दुइ पार्टीका नेताबीच भेट भएको हो ।