काठमाडौँ, १९ जेठ । यस वर्षको मिस नेपाल (हिडन ट्रेजर) निकिता चन्दक हुनुभएको छ । प्रतियोगितामा सहभागी १९ जना युवतीलाई पछि पार्दै चन्दक मिस नेपाल २०१७ हुनुभएको हो । त्यसैगरी पहिलो रनरअपको उपाधि रोजिना श्रेष्ठ र दोस्रो रनरअपको उपाधि निति शाहले प्राप्त गर्नुभएको छ ।