काठमाडौं । कलाकारिताको मर्मलाई बचाउन र आफ्नो पहिचान उचो पार्ने लक्ष्य लिएर अभिनय क्षेत्रमा हाम फालेका जोशिला यूवा हुन तेन्जी लामा । निर्देशक लामाको अको परिचय समेत बनेको छ रेडियो नेपालबाट स्वर परिक्षा समेत पास गरका उनको गीत समेत रेकडिङ्ग गरिसकेका छन् । एल्बम निकाल्ने तयारीमा रहेका तेन्जीको तीन वटा गीत रेकडिङ्ग गरिसकेका छन् ।
नेपाली कलाकारीताको क्षेत्रमा कोही रहर त कोही मन बुझाउनको लागि आएका हुन्छन् भन्दा फरक नर्पला । कोही चर्चित बन्ने हिसाबले यो क्षेत्रलाई रोजका हुन्छन् । नेपाली कला क्षेत्रलाई अनुसाशित मर्या्दित र विकासको नयाँ उचाई दिनको लागि विगत केही वर्षदेखि निरन्तर खट्दै आएका एउटा कलाकार एवम् निर्देशकको नाम हो तेन्जी लामा ।
उनि क्षमता भएका नयाँ अनुहारहरु लिएर टेलिचलचित्र बनाउन रुची राख्छन् । तेन्जीले माया नामक चलचित्र समेत निर्माण गरेका छन् ।
सिन्धुपाल्चोक जिल्लामा जन्मिएका निर्देशक तेन्जीले अहिलेसम्म केहि म्युजिक भिडियो र टेलिफिल्म निर्देशन गरिसकेका छन् । तेन्जी भन्छन्, ‘म यस क्षेत्रमा आउँदा कसैलाई चिनेको थिईन अर्थात यस क्षेत्रमा साथदिने मान्छेको अभाव थियो, तैपनि मैले आफ्नो लक्ष्य फराकिलो बनाए । दुःख नगरि त के काममा सफल भईन्छ र ? यो क्षेत्र हेर्दा सामान्य लागेपनि निक्कै मेहेनत गर्नुपर्ने क्षेत्र हो, झट्ट हेर्दा सजिलो, रामाईलो लाग्छ हेर्दामात्रै त्यस्तो लाग्ने हो पाँच मिनेटको गीतलाई पाँचदिन लाग्छ, अडियो रेकर्डदेखि मिक्सिङ त्यसको छायांकन, निर्देशनसम्मको यात्रा अझ लामो हुन्छ, हेर्नेलाई पोे पाँच मिनेट मात्रै देखिने हो ।’
सुरुमा काम गर्न निकै अप्ठ्यारो भए पनि आफूले मिहिनेत र लगनका साथ यो पेशामा काम गरेको लामा बताउँछन् । अभिनय गर्न सजिलो नभएको बताउँदै उनले आफ्नो रहरलाई पूरा गर्न यो क्षेत्रमा जति दुःख भए पनि आफूले राम्रै गरेर देखाउने बताउँछन् ।
मिजासिलो बोलीले सम्बोधन गर्ने र सबैको भनाइ धैर्यतापूर्वक सुन्ने यी निर्देशक तेन्जी भगवानले समेत ‘तिमी आँट म पु¥याउँछु’ भन्छन् रे । हुन पनि शिखर चुम्ने असल सोच–विचार राख्ने मानिसले सबैको साथ–सहयोग पाउँछन् नै । फेरि जो कसैले आफ्नो लक्ष्य र गन्तव्यमा पुग्नका लागि सपना, उद्देश्य अनि योजना बनाउनै पर्छ । यतिमात्रै होइन– त्यसका लागि निरन्तर लगनशील भएर हरपल मेहनत गर्नैपर्छ । अनि पो ढिलाचाँडो सफल होइन्छ । पछिल्लो समय युट्युबप्रतिको आर्कषण बढ्दो छ ।
अहिले तेन्जी । म्युजिक एण्ड मुभी एक्सप्रेस नामक युट्युव च्यानल मार्फत सार्वजनिक भएको टेलिचलचित्र ‘च्युर्लुङ झ्याईं’मा निरन्तर लागिपरेका छन् । सो टेलिचलचित्रमा तेन्जी लामाको लेखन तथा निर्देशन रहेको छ ।