काठमाडौं । मङसिर २ । नेपाल परिवार दलले स्थानिय निकाय तथा प्रदेश निर्बाचनको तयारीमा लाग्ने निर्णय गरेको छ । दलको केन्द्रीय कार्यालय पुरानोबानेश्वरमा दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बिहिबार बसेको बैठकले निर्वाचनलाई लक्षित गरेर संगठन विस्तार गर्ने र यसको लागि क्रियाशील सदस्यता बितरण अभियान देशैभरि सञ्चालन गर्ने निर्णय गरेको छ । २०७३ साल मङ्सिर ५ गते देखि फाल्गुण ७ गते सम्मको १०० दिनलाई “राष्ट्रब्यापी प्रशिक्षण, सदस्यता वितरण र संगठन विस्तार अभियान शूरु गर्ने निर्णय गरेको छ ।
दलले राष्ट्रब्यापी प्रशिक्षण, सदस्यता वितरण र संगठन विस्तार महाअभियान सफल बनाउन नेपाल परिवार दलका केन्द्र देखि स्थानीय तह सम्मका सबै नेता, कार्यकर्ता परिचालन गर्ने निर्णय गरेको छ । बैठकले बिधानको कार्यन्वयन, महाबिनासकारी भुकम्प पछिको पुनर्निर्माणमा तिब्रता दिन, कर्णाली लगायत क्षेत्रमा खाद्यन्नको तुरुन्त व्यवस्था गर्न, बुढी गण्डकी जलबिधुत आयोजना बाट प्रभावित हुने गोर्खा र धादिंग जिल्लाका नागरिकको उचित ब्यबस्थापन गर्न तथा स्थानीयको सहमतिको आधारमा मुआब्जा निर्धारण गर्न र स्थानीय बासीलाई रोजगारीमा प्राथमिकता दिन सरकारसंग माग गरेको छ ।
बैठकले दलको दोश्रो राष्ट्रिय महाधिबेशन द्वारा पारित राजनैतिक प्रतिबेदनको प्रभाबकारी कार्यन्वयनको लागि पार्टीको सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाई बैठकले निर्देशन दिएको छ । “जनताको आदेश ः संमृद्ध प्रदेश, सम्पूर्ण समस्याको हल ः घर घरमा परिवार दल, आर्थिक क्रान्तिको दशक सफल पारौ ःआर्थिक , नैतिक बैचारिक आन्दोलन सफल पारौ लगायतका नाराहरुलाई, भित्ता लेखन लगायत प्रचारआत्मक कार्यक्रम गरी दललाइै स्थानीय स्तरमा परिचित गराउने छ । एक सय दिनमा प्रतिदिन एक हजार सदस्यताका दरले एक लाख सदस्य निर्माण गर्ने लक्ष्यलाई पार्टी अभियान नै संञ्चालन गर्ने निर्णय गरेको दलका महामन्त्री बिनोद डाँगीले जानकारी दिए । बैठकले सांसद मिलन कुमारी राजबंशीलाई कोषाध्यक्ष ,राम बहादुर लिम्मु, डि.के बिश्वास, सोभित मण्डल, पियारत्न मर्हजन,राम प्रशाद ज्ञवाली,रामचन्द्र देवकोटा, नथुनी प्रसाद चौधरी, बिष्णु कुमार श्रेष्ठ, श्रीमति समिक्षा शर्मा लगायतलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको छ ।