नेकपा एकता करिव पचास प्रतिसत

प्रकासित मिति: ९ बैशाख २०७६, सोमबार १५:१५

पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच एकता भई नेकपा बनेको एघार महिनापछि बल्ल सो पार्टीले जिल्ला कमिटीहरुको एकता सम्पन्न भएको छ। नेकपाले अहिलेसम्म टुङ्ग्याएको भनेको केन्द्रीय कमिटी, स्थायी कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटी नेतृत्वको एकतामात्र हो। नेकपा एकता करिव पचास प्रतिसत टुङ्गिएको छ भने पचास प्रतिसत एकता हुन बाँकी नै छ। जिल्ला नेतृत्वको लफडा सकिएपनि जिल्ला कमिटीहरुले अझै पूर्णता पाइसकेका छैनन्। नेकपाका पूर्व घटकहरु एमाले र माओवादी केन्द्रका विद्यार्थी, युवा, मजदुर, महिला, कर्मचारी लगायत दर्जन भन्दा बढी जनवर्गीय संगठनहरु छन्। ती संगठनको नेतृत्व कसले पाउने भन्नेमा अझै सहमति जुटेको छैन।
यसैगरी अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगजस्ता शक्तिशाली आयोग दुबै पार्टीमा छन्। नेतृत्व टुङ्ग्याएर तिनको एकताको सफलता पनि नेतृत्वले पाउन सकेको छैन।

Bhansar Bivag
Argakhachi Cement