नेकपा फुटाउने सपना पुरा हुन दिन्न-प्रधानमन्त्री ओली

प्रकासित मिति: १८ जेष्ठ २०७६, शनिबार १५:१५

प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको एकतालाई सार्थक हुन नदिन केही तत्वहरु कम्मर कसेर लागेको बताएका छन् । शनिवार पोखरामा आयोजित नेपाल स्काउटको युवा सम्मेलनलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले एकताबिरुद्ध बाह्य र आन्तरिक तत्व सक्रिय भएको बताए प्रधानमन्त्री ओलीले केही ब्यक्ति र समुहलाई नेकपाको एकता र दुई तिहाइ सरकार मन नपरेको बताए । मन नपराउने गिरोह नेकपा विभाजनका लागि लागेको बताए । उनले राम्रो कुराको पनि विरोध गर्ने, जेको पनि विरोध गर्ने प्रवृत्ति बढ्दै गएको पनि बताए।

Bhansar Bivag
Argakhachi Cement