नेपालको पहिचान हिन्दूत्व हो ः अधिकारी

प्रकासित मिति: २७ माघ २०७३, बिहीबार १३:३६

काठमाडाँै, २७ माघ । वरिष्ठ वामपन्थी नेता मोहनचन्द्र अधिकारीले ‘मुलुकमा बढ्दै गएको वैदेशिक हस्तक्षेपले उत्पन्न भएको आन्तरिक द्वन्द्वले अहिले राष्ट्रिय राजनीतिमा जटिलता आएको’ बताउनुभएको छ ।

एकीकृत राष्ट्रवादी शक्ति निर्माण अभियान केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको भेलामा उहाँले विभिन्न शक्तिले नेपाली समाजमा द्वन्द्व गराएर देशलाई विखण्डनको दिशातर्फ उन्मुख गराएको बताउँदै नेपालीबीच एकताको खाँचो रहेको औँल्याउनुभयो । नेता अधिकारीले भन्नुभयो–“नेपालको पहिचान हिन्दूत्व होे, बहुमतलाई स्वीकार्ने दलले बहुसङ्ख्यक जनताको मागका रुपमा रहेको हिन्दू राष्ट्र कायम गर्नुपर्छ ।”

अभियानका संयोजक केशरबहादुर विष्टले सदियौँदेखि मिलेर बसेका नेपाली समाजलाई जात, भाषा र भूगोलका आधारमा खण्डित गर्न नहुने र नेपालमा सङ्घीयता लागू गर्न नहुने विचार व्यक्त गर्नुभयो । अधिवक्ता विष्णु भट्टराईले मुलुकमा जनप्रतिनिधि देश र जनताप्रति जिम्मेवार हुन नसकेको आरोप लगाउनुभयो । सो अभियानअन्तर्गत नेपाललाई हिन्दू राष्ट्र कायम गर्न देशभर जनजागरणका कार्यक्रम सञ्चालन गरिने बताइएको छ

Bhansar Bivag
Argakhachi Cement