‘नेपालको पारिवारीक एकता विश्वकै नमुना’

प्रकासित मिति: ८ बैशाख २०७५, शनिबार १५:५८

काठमाण्डौं । नेपालमा बिद्यमान रहेको धर्म र संस्कृतिको कुरा विश्वलाई सिकाउन सकिने नुवाकोटको बिदुर नगरपालिकामा आयोजित वैवाहिक पुन प्रतिबद्धता एवं पारिवारिक महोत्सवमा सहभागिहरुले बताएका छन् । उनीहरुले बिश्वकै नमुना नेपालको पारिवारी एकता रहेकोमा जोड दिएका छन् ।
शनिबार विश्व शान्ति तथा एकिकृत परिवार संघ नेपालको आयोजनामा भएको कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र २ का सांसद नारायण प्रसाद खतिवडाले नेपालमा धेरै परिवार पूस्तौ देखि मेलमिलाप गरेर बसेको उदाहरण प्रस्तुत गदै नेपालबाट पारिवारीक एकताको सन्देश बिश्वमा फैलाउन सकिने बताएका छन् ।
सांसद खतिवडाले हरेक जिल्ला क्षेत्र तथा गाँउमा समेत उत्कृष्ठ जोडी घोषणा गर्न आयोजक संस्थालाई आग्रह गदै बिग्रेको परिवारलाई जोड्ने कार्यक्रम ल्याउन समेत आग्रह गरे । उनले नेपालमा पश्चिमी संस्कृतिको प्रभाव नेपालमा बढदै गएको , बिदेश जानको लागि कागजी बिबाहको प्रचलन समेत बढेकोमा चिन्ता ब्यक्त गदै यस्ता कार्यक्रमहरुले परिवार बलियो बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा सहभागीहरूलाई पारिवारिक मूल्य–मान्यतासम्बन्धी प्रशिक्षण दिँदै विश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोषकुमार पौडेलले भने, ‘जेसुकै कार्य गर्दा पनि निश्चित सिद्धान्त चाहिन्छ । मुखले भन्दैमा समाजमा शान्ति ल्याउन धेरै असम्भव कुरा हो, जबसम्म त्यस प्रतिबद्धतालाई व्यवहारमा उतार्न सकिँदैन । त्यसका लागि पहिले श्रीमान् र श्रीमतीभित्रै शान्ति हुनु आवश्यक छ ।’ उनले हामीले जे कार्य गर्दछौँ, त्यो आफ्नो लागि नभई अरूका लागि हो भन्ने कुरा अहिलेको मानव पुस्ता सबैले बुझ्नुपर्नेमा जोड दिए । पौडेले श्रीमान्–श्रीमती शान्त भए परिवारमा शान्ति कायम रहने र पारिवारिक शान्तिको समग्रताले नै समाज र सिङ्गो राष्ट्रमा दिगो शान्ति कायम रहने विचार व्यक्त गरे । पारिवारिक शान्ति नै समाज र राष्टको दिगो शान्तिको आधार रहेकोमा जोड दिए । उनले आदर्श परिवार निर्माण गर्ने अभियान देशव्यापी रूपमा सञ्चालन गनुपर्नेमा जोड दिँदै भने, ‘मानिसले सोचाइमा परिर्वतन ल्याउन सके समाज रूपान्तरण हुन घेरै समय लाग्दैन ।’
समारोहमा नुवाकोट क्षेत्रका दुईसय भन्दा बढी विवाहित जोडीको सहभागिता थियो । श्रीमान्–श्रीमती दुवै एक–आपसमा मिलेर अगाडि बढ्न नसकेमा विभिन्न पारिवारिक समस्या आउने भन्दै नुवाकोटका व्यक्तिहरूलाई पारिवारिक शिक्षा दिईएको थियो ।
समारोहमा बिदुर नगरपालीकाका उपमेयर गिता दाहाल अर्याल, बिदुर नगरपालिका बडा नं ४का अध्यक्ष टलक मान श्रेष्ठ, बडा नं ५का अध्यक्ष शिव कुमार चित्रकार, बडा नं ११ अध्यक्ष सिताराम रिमाल लगायत बिभिन्न बडाका अध्यक्ष तथा जनप्रतिनिधिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
समारोहमा सहभागिहरूले श्रीमान् तथा श्रीमतीको भुमिकाको बारेमा धेरै कुरा बुझ्न पाएको प्रतिक्रिया दिँदै सिकेको कुरालाई व्यवहारमा लागु गर्ने प्रतिबद्धता समेत जनाए । सो कार्यक्रमको संयोजन जितेन्द्र श्रेष्ठले गरेका थिए । केशव श्रुष्ठ सञ्चालन गरेको कार्यक्रममा कलाकारहरुले साङ्गीतिक प्रस्तुति समेत दिएका थिए ।
यस्तै शनिबार नै झापा र कैलालीको धनगढीमा आयोजित यस्तै वैवाहिक पुनःप्रतिबद्धता एवं पारिवारिक महोत्सवमा सयौ जोडिहरुको सहभागिता रहेको थियो । ती कार्यक्रमा सहभागी बत्ताहरुले स्थायी शान्तिको आधार असल परिवार भएको बताउँदै शान्तिको बीउ परिवारबाटै रोप्नुपर्नेमा जोड दिदै नेपालको पारिवारिक मूल्यमान्यता जगेर्ना गर्नसके विश्वमा नै अनुकरणीय हुने बताएका थिए । परिवार बलियो भए मात्रै समाज र राष्ट्र बलियो हुने निष्कर्ष निकाल्दै संस्थाले परिवारका श्रीमान् र श्रीमतीलाई एकै ठाउँमा उपस्थित गराएर पारिवारिक मूल्य–मान्यतासम्बन्धी देशव्यापी रूपमा नैतिक जागरणको अभियान सञ्चालन गरेकोमा खुशी ब्यक्त गरे ।
नुवाकोटमा ७ जनालाई शान्तिदूत सम्मान
यसैबीच, विभिन्न क्षेत्रबाट समाज रूपान्तरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने नुवाकोट क्षेत्रका ७ जना व्यक्तिहरूलाई शान्तिदूतको सम्मान प्रदान गरिएको छ । नुवाकोट क्षेत्र २ का नारायण प्रसाद खतिवडाले उनीहरूलाई सम्मान गरेका हुन् । सम्मानित हुनेहरूमा शिवकुमार चित्रकार, बिन्दा ढुङगाना,शिव मिश्र, लाल बहादुर तामाङ्गलाई शान्तिदूत सम्मान दिएको छ । यस्तै युवा शान्तिदूतबाट बिष्णु कुमार चित्रकार, केशव बहादुर सिटौला र कपील देव खनाल रहेका छन् ।

Bhansar Bivag
Argakhachi Cement