नेपालको विकासमा चीन साझेदार बन्ने

प्रकासित मिति: ६ असार २०७५, बुधबार १४:५२

८ परियोजनामा समझदारी

बेइजिङ । चीन नेपालको विकास यात्रामा साझेदार बन्न चीन तयार रहेको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटमा चिनिया राष्ट्रपति चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपाललाई सहयोग गर्न र विकासमा साझेदारी बन्न तयार रहेको बताएका छन् ।बेइजिङस्थित ग्रेट हल अफ पिपुलमा दुई नेताबीच करिव २० मिनेट वान टु वान वार्ता भएको थियो । लगतै दुई देशको प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको छ । चिनियाँ राष्ट्रपति शीले नेपालले लिएको एक चीन नीतिको प्रशंसा गरेका छन् ।

यसैबीच दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी आठ परियोजना निर्माण गर्ने समझदारी एवं सम्झौता भएको छ । बेइजिङस्थित नेपाली दूतावासमा आयोजित समारोहमा नेपाली लगानीकर्ता र चिनियाँ लगानीकर्ताबीच द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो ।

Bhansar Bivag
Argakhachi Cement