२० असार, म्यानमार ।म्यानमारकी प्रजातन्त्रवादी नेत्री तथा परराष्ट्र मन्त्रि आङ सान सुकीले नेपालको शान्ति प्रक्रिया विश्वमै उदाहरणीय रहेको बताउनु भयको छ । नेपालका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र पूर्व मन्त्रि एकनाथ ढकाल संगको भेटमा नेत्री सुकीले उक्त कुरा बताउनु भयको हो । म्यानमारको परराष्ट्र मन्त्रालयमा भयको भेटमा नेत्री सुकीले प्रत्यक देशमा राजनीतिज्ञ भन्दापनि राजनेता आबस्यक रहेको उल्लेख गर्दै म्यानमारको शान्ति प्रकृयाको सफलताको लागि राष्ट्रिय मेलमिलाप नै मुख्य रहेको बताउनु भयो ।
पूर्व प्रधानमन्त्री नेपालले नेत्री सुकी लाइ नेपाल भ्रमणको निम्तो दिदै नेपाल लामो संक्रमण कालको अन्त्य गर्दै शान्ति, विकास र लोकतन्त्रको सस्थागत बिकासमा आसा लाग्दो वाटो तर्फ उन्मुख रहेको बताउनु भयो ।
पूर्व मन्त्रि ढकालले नेपालको शान्ति प्रकृयाको सफलताको आधार पनि सार्थक संबाद, मेलमिलाप र सम्झौता रहेको उल्लेख गर्दै म्यानमारको शान्ति प्रक्रियाको सफलताको शुभकामना ब्यक्त गर्नु भयो।
नेत्री सुकी र नेपाली नेताहरुको भेटमा दुइ मित्र राष्ट्रबीचको आपसी हितको बारेमा कुराकानी भयको म्यानमारका लागि नेपाली राजदुत भिम उदासले बताउनु भयो।
त्यसैगरी नेपाली दुताबास द्वारा आयोजित भेटघाट कार्यक्रममा म्यान्मारमा लामो समयदेखि बसोबास गर्दै आयका नेपाली हरुले आफुहरुलाई गैर आवासीय नेपालीको रुपमा पहिचान प्रदान गर्न र म्यानमारमा पढाईने नेपाली पाठ्यक्रमलाइ नेपाल सरकारले मान्यता प्रदान गर्न पहल गरिदिन पूर्व प्रधानमन्त्री नेपाल र पूर्व मन्त्रि ढकाल संग आग्रह गरेका थिय । पूर्व प्रधानमन्त्री नेपाल र पूर्व मन्त्रि ढकाल इन्टरनेश्नल एशोशियसन अफ पार्लियामेनटरिएन फर पिसको कार्यक्रममा सहभागी हुन म्यानमार भ्रमणमा रहनु भयको छ ।