एसीसी यू–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गतको सोमबार भएको पहिलो खेलमा नेपालले आयोजक थाइल्याण्डलाई १३३ रनले पराजित गरेको छ।
१८० रनको लक्ष्य पछ्याएको थाइल्याण्ड नेपाली बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि १९.३ ओभरमा सवै विकेट गुमाएर ४६ रनमा समेटियो। थाइल्याण्डका दशौ नम्बरका ब्याट्सम्यान कोकिएड चाट्योङले सर्बाधिक ११ रन बनाए। त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
नेपालको जितमा नारायण जोशीले उत्कृष्ट बलिङ गरे। ७ ओभरको स्पेलमा नारायणले १७ रन खर्चेर ५ विकेट लिए।
उनले थाइल्याण्डका ओपनरद्धय फिरियोपोङ सुनचाउ(०), थिराफट खोथाङ(०) तथा तेस्रो नम्बरका ब्याट्सम्यान कोङ्कीडकन(०)लाई खाता खोल्न नै नदिइ बोल्ड पारेका थिए।