नेपालमा बद्रीनाथ दर्शन गर्न पाइने

प्रकासित मिति: २७ कार्तिक २०७४, सोमबार ०२:३१

काठमाडौँ, २७ कात्तिक  बद्रीनाथको दर्शन अब नेपालमै गर्न सकिने भएको छ । वर्षेनी हजारौँ नेपाली बद्रीनाथ दर्शनका लागि ज्यानै जोखिममा राखेर भारत जाने गर्छन् । करोडौँको रकम भारत जाने गरेको छ ।

काठमाडाँैको नार्गाजुन नगरपालिका–६ स्थित रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले बद्रीनाथको मन्दिर बनाउन लागेको हो । त्यसका लागि सरकारले प्रतिष्ठानलाई २३ रोपनी जग्गा दिएको छ । ९९ वर्षसम्म भोगचलन गर्न सकिने गरी बद्रीधाम निर्माणका लागि सरकारले रु ६ करोड पनि दिएको छ ।

प्रतिष्ठानका अनुसार श्रीमद्भागवत र सप्ताहबाट पनि रु ६ करोड उठेको छ तर धाम निर्माणका लागि यति मात्र बजेट पर्याप्त छैन ।

प्रतिष्ठानका संरक्षक अध्यक्ष दीनबन्धु पोखरेलले नेपालमै बद्रीधाम भएमा भारत जान नसक्ने तर दर्शन गर्न चाहने भक्तका लागि सजिलो हुने बताउनुभयो । उहाँले भन्नुभयो, “धाम निर्माण भएपछि नेपालको धर्मसंस्कृत विश्वभर फैलाउन, हाम्रो आफ्नै विचारलाई संसारसामु स्थापित गर्न हामीले काम गर्नेछौँ, नेपाललाई साधना भूमिका रुपमा चिनाउनुपर्छ, हाम्रो धर्म संस्कृति विश्वमा अनुपम छ ।”

प्रतिष्ठानका महासचिव डा विष्णु खनालले बद्रीधाम निर्माणका लागि जग राख्ने काम भइसकेको , अब मन्दिर निर्माण गर्दै बद्रीनाथको मूर्ति राख्ने र पूजा शुरु गर्ने लक्ष्य लिइएको बताउनुभयो ।

धार्मिक पुराणबाट जनतालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्ने थालनी पं नारायण पोखरेलले गर्नुभएको थियो । हाल प्रतिष्ठानका संरक्षक अध्यक्ष उहाँका सुपुत्र पुराणवाचक दीनबन्धु पोखरेल हुनुहुन्छ ।

Bhansar Bivag
Argakhachi Cement