काठमाण्डौ. । आफैले स्थापना गरेको बाँसबारीस्थित न्यूरो अस्पतालको आइसियु कक्षमा राखिएका बरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देबकोटाले नेपालमै प्राण त्याग गर्नको लागि बेलायतबाट नेपाल आएको बताएका छन् । बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ डा देवकोटालाई भेटन न्यरो अस्पताल गएका थिए ।
डा देवकोटाले प्रचण्डसँग भने पार्टी एकता गर्न लाग्नुभएको छ, एकतापछिका चुनौतिहरु थुपै्र छन्, तर एमाले–माओवादी केन्द्रबीचको एकताबाट मुलुकमा केही गर्न सकिने राम्रो सम्भावना छ, जति चाँडो एकता गर्नुपर्छ, म एमाले–माओवादी केन्द्रबीचको एकता भएको आफैले देख्न चाहन्छु, त्यसै भएर गत चुनावमा म वामगठबन्धनलाई जिताउन खटिएको हुँ।’ उनले बताएको माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी बैठकमा सुनाए ।
बेलायतमा समेत उपचार सम्भव नभएपछि जीवनको अन्तिम समय नेपालमै बिताउने बताइका डा. देवकोटा हँसिला र खुसी नै देखिन्थे भेटमा सहभागी एक नेताले भने ।