नेपालले जित्यो ९ स्वर्ण सहित ३६ पदक

प्रकासित मिति: २० माघ २०७३, बिहीबार ०९:३८

झापाको विर्तामोडमा सम्पन्न भयको दोस्रो इन्डो नेपालतङ्ग इल मो दो ओपन पिस कप प्रतियोगिता २०१७ मा नेपालले ९ स्वर्ण र ११ रजत सहित ३६ पदक जित्न सफल भएको छ । यहि मिती २०७३ साल माघ १७ र १८ गते सम्म सहिद दिवशको अवसरमा भएको उक्त प्रतियोगीता तङ्ग इल मो दो संघ झापा को आयोजनामा सम्पन्नभएको थियो ।
नेपाल र भारतविचको मैत्रीपुर्ण सम्वन्धलाई अझ् प्रगाढ र आत्मियता बढाउने उदेश्यले आयोजना भएको प्रतियोगितामा नेपाल र भारतका गरी १५० जाना खेलाडिको सहभागिता रहेको थियो । १५ वटा स्वर्णका लागि भएको प्रतिस्प्रधामा नेपालकालागि महिलातर्फ ३० के.जी मुनि झापा कि दिना थापा ले स्वर्ण हातपारीन भने झापाकै एलिसा पन्तले रजत जित्न सफल भईन, ३०–४० केजि तर्फ नेपालकि अनिता बिष्ट (कैलालि) ले स्वर्ण पदक, ४०–५० केजी तर्फ नेपालकी दुर्गा शाहि (कैलालि) ले स्वर्ण पदक, ५०–६० केजी तर्फ भारतकि यासीका पास्वानले नेपालकी विरसिका गुरुङ इलामलाइ हराउदै स्वर्ण जित्न सफभईन त्यस्तै, ६०केजि भन्दामाथि तर्फ भारतकि मुस्कान राना ले स्वर्णपदक जित्न सफल भईन, ।
भने पुरुषतर्फ ३५ केजीभन्दामुनि समुहमा नेपालकागौरव सावा (झापा) लाइ हराउदै भारतका लभकुस ले स्वर्ण जितेका थिए, ३५ देखी ४० केजी समुह मा दीनेस के सी (दाङ) लाई हराउदै भारतका दिपक मेहेरा ले स्वर्ण जितेका हुन । ४० देखि ४५ केजी समुहमा भारतका गौरभ चौधरीले स्वर्ण, ४५ देखि ५० केजी समुहमा नेपालका तिर्थ चौधरी कैलाली ले स्वर्ण, ५० देखि ५५ केजि समूहमा नेपालका साजन तामाङ्गले स्वर्ण पदक, ५५ देखि ६०केजी समुहमा संदेश पोख्रेलले स्वर्ण पदक, ६०देखि ६५ केजि सम्ममा नेपालका अंचल विसि ले स्वर्ण, ६५ देखि ७० केजि सम्म भारतका जइलाई हराउदै नेपालका तिलकभुजेल (झापा) ले स्वणर््ा जित्न सफल भए त्यसैगरि ७० देखि ७५ केजि समुहमा नेपालका अनिल खड्काले स्वर्ण र ७५ के.जी. देखिमाथी खुल्लातौल समुहमा भारतका साहिल चौधरी ले स्वर्णपदक जित्न सफल भए । खेलको मूल्याकन गर्दै पुरुष तर्फ उत्कृष्ट खेलाडी ट्रफि झापा तिलक भुजेल र महिला तर्फ भारतका यासिका पास्वानले प्राप्त गर्न सफल भएका थिए, त्यसैगरि सर्वोउत्कृष्ट खेलाडी ट्रफी कैलालीका अनिल खड्काले प्राप्त गरे । भने प्रथम उत्कृष्ट टिम ट्रफि नेपाल र दोश्रो उत्कृष्ट ट्रफि भारतले प्राप्त गर्न सफल भए ।
प्रतियोगिताको उद्घाटन झापा प्रमुख जिल्लाअधिकारी श्री उत्तर कुमार खत्री, तङ्ग इल मो दो संघ नेपालका अध्यक्ष श्री सन्तोस कुमार पौडेल र तङ्ग इल मो दो संघ भारतका माहासचिव छतीस चौधरीले संयुक्तरुपमा गर्नु भएको थियो । सम्पूर्ण अतिथिहरु नेपाल र भारतका कोच रेफ्री र खेलाडीहरुलाई मेची क्याम्पस अंग्रेजी विभाग प्रमुख प्रोफेसर कुमार थपलिया स्वागत गर्नुभएको उद्घाटन समारोहको संन्चालन दुईदिन सम्म भएको प्रतियोगीतामा जुरीको रुपमा केन्द्रिय उपाध्यक्ष तथा प्राविधिक प्रमुख दिपक वास्तोला र फिलिपिन्सका अन्तराष्ट्रिय प्रसिक्षक एडोनीस, रेफ्रिको रुपमा दिपेन्द्र ठाकुर, जजहरुको रुपमा क्रमशः तेज शिंह, प्रकास श्रेष्ठ, नवराज विष्ठ र श्याम मगर रहनुभएको थियो ।
प्रतियोगिताको दोश्रो दिनको सुरुवातमा मार्सलआर्ट शान्ति, स्वाथ्य र राष्ट्रको लागी भन्ने नारा सहित सयौ खेलाडी र प्रतिष्ठित व्याक्तिहरुको सहभागीमा शान्ति ¥यालि गरिएको थियो । प्रतियोगीताको समापनमा प्रमुख अतिथीको रुपमा विर्तामोड ईलाका प्रहरी कार्यलयका प्रहरी नायक उपरिक्षक केशव कुमार थेवे ज्यू ले विजेता खेलाडीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गर्नुहुदै हार्दिक वदाई तथा सुभकामना व्यक्त गर्नुभएको थियो । समापन कार्यक्रमका सभापति वेद प्रकाश अग्रवाल ले प्रतियोगिता आयोजना गर्न सहयोग पु¥याउनु हुने संस्थाहरु क्रमशः ब्याक हर्स सुज, सिल्को स्र्पोट सिलिगुडि, पाथिभार एजुकेशनल एकेडेमि, स्वतिका सिसुसधन, रुद्र मेमोरियल इङ्लिस स्कुल, मनकामना उच्च मा.वि., जि.वि.स.झापा, झापा खेलकुद विकाश समिति, विर्तामोड नगरपालिका, दमक नगरपालिका, एक्सेल डेभलोपमेन्ट बैंक, सहारा नेपाल, मेघा कमप्लेक्स, आलस्का आटो मोवाईल, ईटा उद्योग संग झापा, युपिएफ नेपाल, द युनिर्भसल टाईम्स र डब्लु कार्प नेपाल लाई एकमुष्ठरुपमा धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो ।

Bhansar Bivag
Argakhachi Cement