नेपाली उपभोत्ता संरक्षण महासघ सिराहको अध्यक्षमा श्याम यादव

प्रकासित मिति: १५ जेष्ठ २०८०, सोमबार ०२:४२

काठमाडौ । नेपाली उपभोक्ता संरक्षण महासंघ सिराहा जिल्ला समितिको प्रथम अधिबेसन सफलता सम्पन्न भएको छ । नेपाली उपभोत्ता संरक्षण महासंघका अध्यक्ष चन्द्र साउदको उपस्थतीमा भएको भेलाले जिल्ला अध्यक्ष श्याम यादब लाई चयन गरेको छ ।
अधिबेसनमा बिष्णुपुर गाउपालिका अध्यक्ष नेपाली उपभोत्ता संरक्षण महासंघकाउपाध्यक्ष तथा संगठन बिभाग प्रमुख अर्जुन कुमार खड्का, महासचिब प्रदुमन यादब र प्रदेश संयोजक गौरब अग्रवाल लगायताको सहभागिता रहको थियो । सम्मेलनमा बोल्दै अध्यक्ष चन्द्र साउदले देशमा ठूला ठूला राजनितीक परिवर्तन भए पनि देशमा राजनितिक नेता तथा मुट्ठीभर व्यवसायी वाहेक आम नेपाली उपभोक्ताका जीवनस्तरमा समय सापेक्ष परिवर्तन नसकेको भन्दै महासंघले कालोबजारी, भ्रष्टाचार, कुशासन, गुणस्तरहिन सेवा अखाद्य–विषादी खाद्य पदार्थले आम उपभोक्ताको स्वस्थ बाँच्ने र स्वच्छ प्रतिस्पर्धा गर्न पाउने संबैधानिक अधिकार समेत हननु् भएको बताए ।

Bhansar Bivag
Argakhachi Cement