नेपाल परिवार दलद्धारा ट्रम्प–किम वार्ताको स्वागत

प्रकासित मिति: ३१ जेष्ठ २०७५, बिहीबार १६:०६

काठमाडौँ, ३१ जेठ । नेपाल परिवार दलले अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका सर्बोच्च नेता किम जोङ उनबीच भएको सिगापुरमा भएकोऐतिहाँसिक भेटवार्ताको स्वागत गरेको छ ।
शान्ति, समृद्धि र निशस्त्रीकरणका लागि भएको चारबुँदे सम्झौताले कोरियाली प्रायद्वीपका साथै विश्वमा शान्ति कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बिश्वाश परिवार दलले गरेको छ ।
सहमतिको प्रभावकारी कार्यान्वयन र आपसी हितका बाँकी विषयहरुमा बार्ता द्वारा थप समझदारी गर्दै जाने कुराले कोरियाली प्रायद्वीपमा दिगो शान्ति कायम हुने अध्यक्ष एकनाथ ढकाल द्वारा बिहिबार जारि बिज्ञप्तिमा उल्लेख छ ।
ट्रम्प र उनबीच यही जुन १२ गते सिंगापुरमा पहिलोपटक भेटवार्ता भएको थियो । पूर्वमन्त्री समेत रहेका परिवार दलका अध्यक्ष ढकालले पटक (पटक उत्तर कोरिया तथा अमेरिकाको भ्रमण गरि दुवै देशका उच्च नेतृत्वसंग भेटि कोरियाली प्रयाद्दिपको शान्तिको बारेमा पहल कदमी लिएका थिए । यस अधि परिवार दलले दूई कोरियाबीच भएको बार्ताको समेत स्वागत गरेको थियो ।

Bhansar Bivag
Argakhachi Cement