मङसिर २१ काठमाडौं । ब्यबस्थापीका संसदमा दुई सिट रहेको नेपाल परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मङलबार दलको केन्द्रीय कार्यालय पुरानो बानेश्वरमा दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय लिएको हो । परिवार दलले सरकारले पेश गरेको संविधान संशोधनको बिधेयक बिबादास्पद रहेको र जनभावना समेटन नसकेको भन्दै संशोधन प्रस्तावको यथास्थतीमा समर्थन नगर्ने निर्णय गरेको प्रवत्ता सन्तोष कुमार पौडेलले बताउनुभयो ।
परिवार दलले सरकार राष्ट्रिय मुद्धाको सम्बोधन गर्न असफल रहेको ठहर गदै संशोधनको प्रस्ताव फिर्ता गरी सर्वदलिय छलफल र संवाद मार्फत राष्ट्रिय सहमति कार्यम गरी संविधान संशोधन गर्ने, पुननिर्माणलाई तिब्रता दिन, राष्ट्रियता बलियो बनाउन, निर्वाचनको वाताबरण बनाउन र संविधानको कार्यान्वयन गराउन सरकारसँग जोडदार माग गरेको छ । त्यसैगरी परिवार दलले संञ्चालन गरेको प्रशिक्षण, सदस्यता बितरण र संगठनको महाअभियान सफल बनाउन पार्टी पंत्ति, सुभेच्छक पत्रकार र जनसमुदायलाई अनुरोध गरेको छ ।
दलले तुरुन्त तीनै तहको निर्वाचनको मिति तोक्न सरकारलाई दबाब दिने तथा सोका लागि तयारी गर्न पार्टीको तल्लो स्तरसम्म दलका अभियान र राजनीतिक दर्शनलाई पु¥याउने निर्णय भएको दलका प्रवत्ता सन्तोष कुमार पौडेलले जानकारी दिए ।