नेपाल परिवार दल द्धारा तीजको शुभकामना

प्रकासित मिति: १६ भाद्र २०७६, सोमबार ०३:३४

काठमाडौ । नेपाल परिवार दलले नेपाली नारी हरुको महान पर्ब हरितालिका तीजको उपलक्षमा सम्पूर्ण नारी हरुमा शुभकामना ब्यक्त गरेको छ । दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले सामाजिक संञ्जाल मार्फत शुभकामना दिएका छन् । अध्यक्ष ढकालले शुभकामना सन्देशमा तीज पर्बले सबैमा प्रेम, करुणा, एकता, खुशी, शान्ति र सामाजिक सदभाब अभिबृद्धि गरोस भन्ने कामना गरेका छन् ।

तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् सन्देशमा ढकालले भनेका छन् ।

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्व रहेको छ सन्देशमा भनिएको छ ।

Bhansar Bivag
Argakhachi Cement