नेपाल परिवार दल प्रतिपक्षमा बस्ने निर्णय

प्रकासित मिति: २२ जेष्ठ २०७४, सोमबार १०:२२

२२ जेठ, काठमाडौं । ब्यबस्थापिका संसदमा २ सिट रहेको नेपाल परिवार दलले प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले प्रतिपक्षमै बसेर राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा निरन्तर काम गर्ने जनायको छ । राष्ट्रियताको सबालमा अत्यन्त कमजोर धरातल भयको सत्ता गठबन्धनलाइ काम नहेरी समर्थन गर्न नसकिने भन्दै परिवार दलले गुण र दोषको आधारमा सरकारको समर्थन वा बिरोध गर्ने नीति लियको छ । निर्बाचनको बिचमा सरकार परिबर्तन हुनु शोभनीय नभयको भन्दै परिवार दलले संबिधान कार्यन्वयन, असन्तुष्ट दलको माग सम्बोधन, राष्ट्र विकास र पुनर्निर्माणमा सबै दल बीच समझदारी आबस्यक रहेको बतायको छ । परिवार दलले सबै राजनैतिक दलहरुलाई आ–आफनो अडान छोडेर सहमतिमा आउन आग्रह पनि गरेको छ

Bhansar Bivag
Argakhachi Cement