काठमाडौ । नेपाल मगर संघका प्रतिनिधिहरुले नवनिर्बाचित सांसद एकनाथ ढकाललाई बधाई दिएका छन । बिहिबार ढकालको सम्र्पक कार्यालय नक्सालमै पुगेर बुद्धिमाया पुन मगरको नेतृत्वको टोलीलेभेटि बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । भेटमा सांसद ढकालले नेपालका सबै जातजाति बीच पारस्परिक एकता र सदभाव अभिबृद्धि गर्न आफ्नो कार्यकालमा काम गर्ने बताउदै मगर सस्कृतिको मौलिकताको जगेर्ना गर्न पनि आफ्नो सहयोग रहने बताए ।