नेपाल र जापानबीचको सम्बन्ध अनुकरणीय ः अध्यक्ष ढकाल

प्रकासित मिति: २७ कार्तिक २०७३, शनिबार १५:४७

काठमाडौं । नेपााल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेपाल र जापान बीचको सम्बन्ध अनुकरणीय रहेको बताएका छन् । नेपाल र जापान बिचको मैत्रीपुर्ण सम्बन्धको ६० बर्ष पुगेको उपलक्ष्यमा जापान नेपाल मैत्री संघद्वारा काठमाडौँको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
पूर्व मन्त्रि समेत रहेका ढकालले जापान सरकार र जापानिज नागरिकले नेपालको बिकासमा निस्वार्थ रुपमा महत्वपूर्णंंं सहयोग गरेकोमा प्रसंशा गर्दै नेपाललाई कुनै दिन जापान जस्तै बिकसित मुलुक बनाउने सपना आफुले पनि बुनेको बताए ।
अध्यक्ष ढकालले जापानिज नागरिकले नेपाललाई हृदयमा राखेको आफुले पाएको उल्लेख गर्दै नेपालीहरुले पनि जापानिजहरु प्रति बिशिष्ट सम्मान गर्ने गरेको बताए । अध्यक्ष ढकालले सो अवसरमा फुल सजावट गर्ने तालिमको समेत उद्घाटन गरे ।
जसरि फुलको सौन्दर्यता प्रति सबै आकर्षित हुन्छन त्यसै गरि प्रत्यक ब्यक्ति, परिवार र राष्ट्रले निस्वार्थ भावनाले अरुलाई आकर्षित गर्न सके शान्ति र सुन्दर संस्कारको विकास हुन्छ गर्ने सकिने ढकालको भनाई थियो ।
तालिममा विभिन्न बिद्यालय र संघ र संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपाल परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले नेपाल र जापान बीच हदयदेखिकै मित्रता रहेको बताए । खुम्बिला होटेलको अध्यक्ष पासाङ्ग बि. क.को अध्यक्षतामा भएको कार्यक्रमा जापानिज अगुवाहरु मियुकी, मिचियो, यासुको, काओरु लगायतले नेपाल र जापान बिचको सम्बन्धको बारेमा बोल्नु भएको थियो भने बुद्धि कार्कीले कार्यक्रम संचालन गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement