काठमाडौँ । नेपाल स्वयमसेवी रक्तदाता समाजको तेस्रो केन्दिय महाधिवेश भव्य रुपमा सम्पन्न भएको छ । सो महाधिवेशनको उद्घान नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधामन्त्री पुष्पकमल दहालले गरेका थिए । नेपाल स्वयम सेवि रक्तदाता समाजको तेस्रो केन्द्रीय महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ ।
रत्तदानको क्षेत्रमा काम गर्ने नेपालकै सबैभन्दा ठूलो संस्थाको २३ जिल्लामा शाखा तथा ३० हजार भन्दा बढि सक्रिय सदस्य रहेका छन् । कार्यक्रममा संस्थाको रुपन्देही शाखालाई यस क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै सम्मान समेत गरेको छ । गत आइतबार राजधानीमा सम्पन्न समाजको तेस्रो राष्ट्रिय महाधिवेशनबाट सतक रक्तदाता प्रेमसागर कर्माचार्यको नेतृत्वमा नयाँ कार्य समिति गठन भएको छ । कर्माचार्य यसअघि पनि अध्यक्ष थिए ।
आगामी पाँच बर्षका लागि गठन भएको तेह्र सदस्यीय उक्त कार्यसमितिको उपाध्यक्षमा ध्रुव थपलिया, महासचिव राधाकृष्ण तण्डुकार , सचिव राजन महर्जन, कोषाध्यक्ष मीनाकुमारी श्रेष्ठ रहेका छन् । सदस्यहरूमा क्रमशः कृष्ण चौहान क्षेत्री रूपन्देही , टंक परियार सल्यान , श्याम गौतम दोलखा , शिव कुमार साह धनुषा , गुञ्जन कुमार गुप्ता कपिलवस्तु , तिर्थराज अवस्थी कास्की , रश्मि रोका मगर म्याग्दी र भिम विक कैलाली रहेका छन् ।
सम्मेलनको उदघाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए । रक्तदाता पलिभसा जआचाजुलाई रक्त संकलन थैली प्रदान गरी कार्यक्रमको उदघाटन गरिएको थियो ।
उक्त समारोहमा डा। भगवान कोईराला, डा। युवराज शर्मा, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, नेपाल थालिसिमिया सोसाइटीका अध्यक्ष दुर्गा पाठक, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा।राजकुमार महतो बिशेष अतिथि अतिथिका रुपमा उपस्थित थिए । सो अवसरमा रुपन्देहि शाखालाई यस क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएको भन्दै सम्पान समेत गरेको छ ।