नोबेल शान्ति पुरस्कार बिजेता द्वारा नेपालको प्रशंसा

प्रकासित मिति: १३ आश्विन २०७६, सोमबार १४:२२

नोबेल शान्ति पुरस्कार बिजेता तथा इस्ट टिमोर का पूर्व राष्ट्रपति जोसे रामोस होरता ले नेपालको शान्ति प्रकृया तथा संबिधान निर्माणको सफलताको उच्च प्रशंसा गर्नु भयको छ । सोमबार इस्ट टिमोर को राजधानी दिलि स्थित निवासमा नेपाल सरकारका पूर्व मन्त्रि एकनाथ ढकाल संगको भेटमा पूर्व प्रधानमन्त्रि समेत रहेका होरता ले नेपालको सफलता आधुनिक विश्वमा नमुना रहेको बताउनु भयो । उहाँले नेपाली जनताले संघर्ष द्वारा प्राप्त परिबर्तनका उपलब्धिहरुको सस्थागत गर्दै तिब्र आर्थिक बिकासमा सरकार सफल रहोस भन्ने शुभकामना दिनु भयको पूर्व मन्त्रि ढकालको सचिबालयले जानकारी दियको छ । केहि समय अघि नेपालमा सम्पन्न एशिया प्यासिफिक समिटको प्रतिबेदन बुझ्दै उहाँले समिट एतिहाँसिक रुपमा सफल भयको भन्दै बधाई दिनु भयो । इन्टरनेशनल एशोशियसन अफ पार्लियामेनटरियन फर पिस ९आइएपिपि० एशिया प्रशान्त क्षेत्रको अध्यक्ष समेत रहेका ढकाल विश्वका विभन्न राजनेताहरु संग भेट्ने क्रममा सोमबार नोबेल शान्ति पुरस्कार बिजेता जोसे रामोस होरतासंग भेट्नु भयको हो ।

Bhansar Bivag
Argakhachi Cement