काठमाण्डौ क्रियाशील पत्रकारहरुको साँझा संस्था नेपाल पत्रकार मञ्चको केन्द्रीय समितिमा युवराज विद्रोहीको अध्यक्षतामा नयाँ नेतृत्य चयन भएको छ । पत्रकाहरुको हक,हित र पेशागत सुरक्षाको निम्ति क्रियाशील मञ्चको आज सम्पन्न चौथो महाधिवेशनबाट उपाध्यक्ष चन्द्रमणि भट्टराई, महासचिव विमलकुमार थापा, सचिव ललितध्वज खड्का र कोषाध्यक्षमा दीपा देवकोटा निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा विष्णुलाल श्रेष्ठ, रामकुमार अधिकारी, मेनुका कार्की, राजु भण्डारी, गणेशकुमार शर्मा, लक्ष्मण पन्थी, जितेन्द्र श्रेष्ठ (जेन), लक्ष्मी पौडेल, विष्णु गिरी ‘निष्चल’, प्रज्ज्वल थापा, कमला नेपाल र विकास शर्मा निर्वाचित भएका छन् ।
नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख निर्वाचन अधिकृत अम्बिका शर्माले बधाइ तथा शुभकामना दिनुभयो । पत्रकारहरुको हकहित र अधिकारको निम्ति क्रियाशील मञ्चले सामाजिक विकासको सवालमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्ने शर्माले बताउनुभयो । कार्यक्रममा नव निर्वाचित अध्यक्ष युवराज विद्रोहीले नेपालको पत्रकारिता अझैपनि व्यवसायिक रुपमा अगाडि बढ्न नसकेको अवस्थामा राज्यले नीतिगत रुपमा समेत पत्रकारहरुको निम्ति विशेष व्यवस्था गर्नुपर्ने बताउनुभयो । यसअघि पत्रकार मञ्च महासचिव चन्द्रमणि भट्टराईले प्रस्तुत गर्नुभएको सांगठानिक प्रतिवेदन तथा कोषाध्यक्ष ललितध्वज खड्काले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित गरिएको थियो । महाधिवेशनबाट मञ्चको आगामी कार्यदिशा तथा नीति समेत पारित गरिएको छ ।