‟शिक्षाले हामीलार्इ नयाँ ज्ञान र उद्देश्यका साथ बाँच्ने शक्ति प्रदान गर्छ । शिक्षा मार्फत मानिसले बाँच्नका लागि बुद्धिमत्ता प्राप्त गर्छ । पढ्न नसक्ने व्यक्ति अज्ञानी हुन्छ । तर शिक्षा प्राप्त गरेपछि मानिसले दुनियाँमा आफ्नो जीवन व्यवस्थित गर्न आफ्नो बुद्धि कसरी प्रयोग गर्ने भन्ने ज्ञान हासिल गर्दछ । शिक्षाले हामीलार्इ त्यो सिद्धान्त बुझ्न सहयोग गर्दछ, जसबाट दुनियाँ संचालित छ ।”
– डा. सन म्योङ्ग मुन
काशीनाथ खनाल
नेपालमा शिक्षा प्राप्त गर्न सजिलो छैन । सरकारले शिक्षाको नाममा जनताको अर्बौं पैसा खर्च गरिरहेको छ । त्यसमाथि जनताले गरेको आफ्नै छुट्टै लगानीको कुनै गणना र लेखाजोखा छैन । सरकारी शिक्षा लगभग निःशुल्क जस्तै भएपनि धेरैजसो सरकारी शैक्षिक संस्था अपाङ्ग, निरर्थक र उपलब्धी शून्य भएका छन् । शिक्षा नीति, शिक्षा आयोग, शिक्षा सरोकारवाला सबै जिम्मेवार महानुभावहरू कता लुकेर बसेकाछन् थाहा छैन । कतैकतै जिम्मेवार र जवाफदेही व्यवस्थापन भएका एकाध स्थानमा मात्र सरकारी संयन्त्र सफल देखिन्छन् अन्यत्र सबै असफल मात्र होइन कि मृतप्रायः नै भएका छन् ।
शिक्षा मानिसको जीवन हो । सबै सम्भावनाहरूको ताल्चा खोल्ने साँचो नै शिक्षा हो । शिक्षाले मरेको शरीरमा आत्माको संचार गर्न मद्दत गर्दछ । शिक्षा बिनाको जीनवको कुनै सार्थक मूल्य नै छैन । शिक्षाले नै जीवनको उद्देश्य र मूल्य बुझ्न सिकाउँछ । तर सरकारले शिक्षा निःशुल्क बनाए पनि सर्वसाधारण जनताले आफ्नो जीवनभरीको पशिना छोराछोरीको शिक्षा–दीक्षामा खर्च गर्नु परिरहेको तथ्य यथार्थ हो ।
एक्काइसौं शताब्दीका बालबच्चाले शिक्षा प्राप्त गर्नु संविधानमै सुरक्षित मौलिक अधिकार हो, तर त्यो खोष्टोले आफैं केही काम गर्दैन । सरकारको लगानी शिक्षा क्षेत्रका टाठाबाठाहरूले फोकट्मा उडाइरहेका छन् । ग्रामीण क्षेत्रको कुरा गर्ने हो भने अति बिपन्न तथा गरीब जनताका छोराछोरीहरूलार्इ विद्यालय जान कसैले प्रोत्सिहित गर्न सकेको छैन । भएनभएका नाम जिल्ला शिक्षा कार्यालयमा पेश गरेर तिनका नाममा व्यवस्थापन पक्ष र हेडमास्टर अघाइरहेको छ । गाउँमा कतिपय बुबाआमालार्इ बालबच्चा स्कूल पठाउनुपर्छ भन्ने सामान्य ज्ञान पनि छैन भने बोर्डिङ्ग स्कूल संचालकहरू गाउँगाउँ छिरेर सोझासाझा बाबुआमाको पैसो धुतेका छन् । सहरमा पनि बिक्रीति अत्यन्त मौलाएकै छ । यसबाट शिक्षा क्षेत्र माफियाहरूको हातबाट संचालित भएको बुझ्न सकिन्छ । बोर्डिङ्ग स्कूलहरूले ३ बर्ष देखि नै बालबच्चाहरूलार्इ स्कूल भर्ना गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना गरेका छन् । कतिपय बेफुर्सदी बाबुआमाका लागि ३ बर्षमैं आफ्ना बालबच्चाहरूलार्इ प्रि–स्कूल पठाउने हुँदा उक्त संरचना आवश्यक देखिएतापनि अन्यलार्इ यो अनावश्यक बोझ बनेको छ । कलीला बालबच्चा स्कूल भर्ना गर्ने र उनीहरूबाट हुँदो नहुँदो नाममा शुल्क कुम्ल्याउने उद्देश्य तिनीहरूका संचालकहरूको रहेको छ । यसरी कलीला बालबच्चाहरूलार्इ स्कूल भर्ना गरी दिउसो उनीहरूलार्इ चीसो भूइँमा सुताइन्छ, सुत्न नमान्नेहरूलार्इ जबर्जस्ती पनि गरिन्छ । सुताउनका लागि कुनै स्कूलले पनि पलङ्ग प्रयोग गर्दैनन् । सिमेण्टमाथि सामान्य कार्पेट र त्यसमाथि ओछ्याएको सामान्य चकटी वा कतै कार्पेट माथि पातलो लुगा ओछ्याएर उनीहरूलार्इ सुताइन्छ । कुनै बच्चा त यस्तोमा ४–५ घण्टा पनि सुतेका हुन्छन् । यसले गर्दा स्कूल गएका सानासाना नानीहरूमा श्वासप्रश्वास सम्बन्धि बिरामी, रुखाखोकी जस्ता समस्याले सताएको बुझिएको छ । यस्तो अवस्था थाहा पाउँदा पाउँदै पनि आफ्ना बालबच्चा स्कूल भर्ना गर्नु अभिभावकका लागि बाध्यता नै बनेको छ । सरकारले बनाएका संरचना र पद्धति अनुसार निजी विद्यालय संचालन गर्नुपर्ने ठाउँमा निजी विद्यालयको सिको सरकारी विद्यालयले गर्दैछन् । विकसित मुलुकहरूमा पाँच बर्ष लागेका वा पुगेका बच्चाहरूलार्इ मात्र स्कूल पठाइन्छ । त्यो भन्दा सानो उमेरका बालबच्चालार्इ स्कूल पठाउने पद्धति खुरापाती पद्धती हो, जसको कुनै औचित्य देखिँदैन । बच्चाहरूले तीनबर्ष स्कूल जाँदा पनि बाह्रखरी पनि राम्ररी बढ्न सकेका पाइँदैनन् । यसै सन्धर्वमा एकजना गार्जियन भन्नुहुन्छ, ‟मेरो नानी साँढे तीन बर्षमा विद्यालय जानुभन्दा अघि नै अंग्रेजी अक्षर र नेपाली व्यञ्जन वर्ण राम्ररी बढ्न र नहेरीकन लेख्न सक्थिन्, तर एल्केजी पास गर्न संचालित परिक्षामा पनि उनीलार्इ त्यही लेख्न भनिएको रहेछ।” यहाँ प्रश्न उब्जन्छ कि, उनले दुर्इ बर्ष स्कूलमा सिकेको कुरा के हो त ? उद्यपी ठूलै रकम स्कूलमा बुझाइएको हुन्छ । यहाँ उनीहरूको नियत नाफाखोरी मात्र भएको देखिन्छ । अहिले त मेरो एकजना साथीलार्इ एउटा स्कूलका प्रिन्सिपलले हाक्काहाक्की नै भनिपठाएछन्, ‟हामीलार्इ अलिकति पैसो बच्ने नै यही प्रि स्कूलमा हो ।” यो सबै राज्यको असफलता हो कि होइन? राजनीतिक पार्टीलार्इ चन्दा दिने दाता चाहिएको छ । अहिले मुख्य व्यापारिक घरानाबाट उत्पादन हुने वस्तुहरूको भन्दा स्कूल कलेजहरूको विज्ञापन बढी बज्छन् । उनीहरूबाट राजनीतिज्ञलार्इ पनि मोटै चन्दा प्राप्त हुन्छ । त्यसमा पनि ९९ प्रतिशत स्कूल संचालक र मास्टर तिनकै पार्टीको भातृसंस्थामा आबद्ध भएका हुन्छन् ।
यसरी प्राप्त गरेको शिक्षा पनि परिणाममुखी र व्यवहारिक भइदिए त हुन्थ्यो, त्यो पनि छैन । पढेलेखेका व्यक्तिमा अनैतिकता, घुसखोरी, लागू सेवन जस्ता विक्रिति बढ्नुका कारण यही नै हो भने पढेको शिक्षा प्रयोग पनि हुँदैन् । प्रयोगात्मक शिक्षा फेरि अनौपचारिक तिर जानुपर्छ र तालिमबाट प्राप्त गर्नुपर्छ । विद्यालयमा कमाउ धन्दा हुन्छ । शिक्षक स्कूलमा जागिर खान गएको हो, विद्यार्थी बढाउन वा उसको जिम्मेवारी लिन ऊ त्यहाँ जाँदैन । कमाउनकालागि उनीहरू पोलिसी बनाउँछन् तर तिनीहरूमा जिम्मेवारी बोध कतै छैन । प्रशासनलार्इ नाफा र रिजल्ट चाहिएको छ । बिज्नेस रिजल्ट र परीक्षाको रिजल्ट । विद्यार्थीलार्इ सोधिनेजति प्रश्नमा दुर्इचारवटा प्रश्न थपेर घोकेर आइज भनेपछि जसले पढेर आउँछ उसको सामान्य रिजल्ट त भइ नै हाल्छ नि !
कि शिक्षा सरोकारवालाहरूको पनि यस्तै बिज्नेस चलिराको छ ? एउटा राम्रै स्कूलको शिक्षक अभिभावक भेलाम मलार्इ चेतनामूलक चारित्रिक शिक्षाको बारेमा केही घण्टाको प्रशिक्षण दिन बोलाइएको थियो । मैले दुर्इ सिफ्ट अभिभावकहरूका लागि र अन्तिम सिफ्ट शिक्षकहरूका लागि प्रशिक्षण चलाएँ । मेरो प्रशिक्षणबाट अभिभावकहरू धेरै खुशी हुनुभएको देखियो । जुन स्कूलका लागि पनि प्लस प्वाइण्ट नै भयो । अनि शिक्षकहरू ३ बजेपछि मात्र सहभागि हुन सक्के भएकाले प्रिन्सिपल सापले शिक्षकहरूका लागि छुट्टै सिफ्ट चलाएका थिए । तर शिक्षकहरूको मुहारमा त्यो खुशी नदेखिएको मात्र होइन । उनीहरू एकअर्कामा नै खासखुस गरेर बसिरहेका थिए । उनीहरूमा नैतिकता, चरित्र, आदर्श व्यवहार भन्नेकुरा खोक्रो बकवास मात्र थियो । उनीहरूमा विषयवस्तु प्रति नै गहीरो प्रश्न थियो, हामीले यस्तो प्रशिक्षण किन लिनु पर्यो? मैले आखिर स्कूलमा दिनुपर्ने समय त दिइ नै सकें, अनि मलार्इ किन यस्तोमा बस्न भनेको? आदि आदि । यस्तो खालको अभिव्यक्ति मैले धेरै विद्यालयका शिक्षकहरूबाट भएको छु, कतै व्यक्त कतै अव्यक्त, मात्र
यत्ति फरक । अनि उनीहरूले हाम्रा बालबालिकालार्इ कस्तो शिक्षा देलान्?
कि शिक्षा सरोकारवालाहरूको पनि यस्तै बिज्नेस चलिराको छ ? एउटा राम्रै स्कूलको शिक्षक अभिभावक भेलाम मलार्इ चेतनामूलक चारित्रिक शिक्षाको बारेमा केही घण्टाको प्रशिक्षण दिन बोलाइएको थियो । मैले दुर्इ सिफ्ट अभिभावकहरूका लागि र अन्तिम सिफ्ट शिक्षकहरूका लागि प्रशिक्षण चलाएँ । मेरो प्रशिक्षणबाट अभिभावकहरू धेरै खुशी हुनुभएको देखियो । जुन स्कूलका लागि पनि प्लस प्वाइण्ट नै भयो । अनि शिक्षकहरू ३ बजेपछि मात्र सहभागि हुन सक्के भएकाले प्रिन्सिपल सापले शिक्षकहरूका लागि छुट्टै सिफ्ट चलाएका थिए । तर शिक्षकहरूको मुहारमा त्यो खुशी नदेखिएको मात्र होइन । उनीहरू एकअर्कामा नै खासखुस गरेर बसिरहेका थिए । उनीहरूमा नैतिकता, चरित्र, आदर्श व्यवहार भन्नेकुरा खोक्रो बकवास मात्र थियो । उनीहरूमा विषयवस्तु प्रति नै गहीरो प्रश्न थियो, हामीले यस्तो प्रशिक्षण किन लिनु पर्यो? मैले आखिर स्कूलमा दिनुपर्ने समय त दिइ नै सकें, अनि मलार्इ किन यस्तोमा बस्न भनेको? आदि आदि । यस्तो खालको अभिव्यक्ति मैले धेरै विद्यालयका शिक्षकहरूबाट भएको छु, कतै व्यक्त कतै अव्यक्त, मात्र
यत्ति फरक । अनि उनीहरूले हाम्रा बालबालिकालार्इ कस्तो शिक्षा देलान्?
मेरा एकजना आत्मिय मीत्रले आफ्नो छोरालार्इ ISO भन्ने मान्यता पाएको स्कूलमै पढाउनुहुन्छ । पहिले त मलार्इ बुढाले कसरी धानेका होलान् भन्ने कौतुहलता जागेको थियो । रिजल्ट निस्किने समयमा थाहा भयो स्कूलले राम्रै खुरापाती खेल खेलेछ । एउटा विषयमा परीक्षामा अनएटेण्डेड भनेर मार्कसिटमा त्यो विषयको ४० मार्क्स राखेर पठाएछ । घरमा पठाएको एक्जाम पेपरहरूमा त्यसको पनि पेपर बकाइदा छ । नाइन्टी ओभर नै मार्क्स आएको पनि छ त्यो विषयमा । कम्प्लेन गर्दा पनि आलटाल गरेछन् । पछि थाहा भयो कि कुरो पैसाको रहेछ, फर्ष्ट ऊ हुने भएकाले उसलार्इ पछाडि धकेल्न रचिएको प्रपञ्च पो रहेछ त्यो त । बुढा जिल्लाराम । अब, प्रश्नहरू उब्जन्छन् अभिभावक, आम जनतामा कि भरपर्दो स्कूल अभिभावकले कहाँ भेट्टाउने? प्रश्नहरू धेरै छन् । यसको उत्तर को सँग छ ? उत्तर दिने जिम्मेवारी महँसुस गर्ने कोही छ
?
?