चैत्र १९,काठमाडौं नेपाल परिवार दलको केन्द्रीय समितिको पूर्ण बैठक संघीय राजधानी काठमाडौंमा बसिरहेको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकको शुरुमा अध्यक्ष ढकालले प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनको समीक्षा तथा दलको भावी रणनीतिका बारेमा पार्टीको धारणा राखेका छन् ।
बैठकमा दलका केन्द्रीय सदस्यहरुले बोल्ने क्रम शुरु भएको छ । दलका काठमाण्डौ जिल्ला अध्यक्ष एव केन्द्रीय सदस्य लक्ष्मी प्रसाद भण्डारीले पार्टीले संगठन बिस्तार गदै जनताको घर घरमा पुग्नुपर्ने बताए उनले जनताको पक्षमा वकालत गर्दै जन–सरोकार तथा जनजीविकाका सवालमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
दलका केन्द्रीय सदस्य गणेश कुमार श्रेष्ठले वर्तमान वाम गठबन्धनको सरकारलाई गुण र दोषको आधारमा समर्थन र बिरोध गनुपर्नेमा जोड दिए । उनले दलले छायाँ सरकार बनाउनुपर्नेमा जोड दिदै दलले बिगतदेखि उठाउदै आएको शान्ति,लोकतन्त्र , बिकास र आर्थिक समृद्धिको मुद्धालाई उठाएर जनताको घर आँगनमा पुग्नु पर्ने बताए ।
दलका केन्द्रीय सदस्य बिजय कट्टेलले एमालेसँग सहकार्यबाट उपलब्धी हात नपरेपनि अहिले त्यसको मुल्ङाकन गर्ने बेला नभएको बताए । अर्का केन्द्रीय सदस्य राजेश कुमार बिष्टले बाम गठबन्धनसँगको सहकार्य तोड्नु पर्ने बताए ।