९ मंसिर, काठमाडौँ। नेपाल परिवार दलले सात वटै प्रदेशमा अगुवा कार्यकर्ताको चुनाबी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । सात प्रदेश वाट परिवार दलका १५०० अगुवाहरुले प्रशिक्षणमा सहभागी हुनुभयको दलका प्रबक्ता सन्तोष पौडेलले जानकारी दिनु भयो । दलका अध्यक्ष एकनाथ ढकाल प्रशिक्षण कार्यक्रममा प्रमुख बक्ता हुनुहुन्थ्यो । नेकपा एमाले संग ३ बुदे सहमति गरेर सुर्य चिन्हमै निर्बाचनमा सहभागी परिवार दलले स्थिरता र आर्थिक संमृद्धिको लागि वाम प्रगतिशील गठबन्धनको औचित्य रहेको बताउदै आयको छ । प्रशिक्षणमा अध्यक्ष ढकालले सवल राष्ट्रियता, संविधानको कार्यन्वयन, आर्थिक विकास, दिगो शान्ति, लोकतन्त्रको सुदृढीकरण तथा नैतिकवान समाज सृजना लगायत बिषयमा जोड दिनु भयको थियो । प्रशिक्षणको क्रममा सयौं ब्यक्तिहरु विभिन्न राजनैतिक दल परित्याग गरि नेपाल परिवार दलमा प्रवेश गरेका महामन्त्री बिनोद डाँगीले बताउनु भयो । दलका अध्यक्ष ढकाल सुर्य चिन्हमै प्रतिनिधि सभाको सदस्यमा उम्मेदवार हुनुहुन्छ । प्रशिक्षणको समापन कार्यक्रममा अध्यक्ष ढकालले वाम प्रगतिशील गठबन्धनले स्पस्ट बहुमत ल्याउने माहोल देशभरी देखेको बताउनु भयो