परिवार दलको १०० दिने ‘महाअभियान’ शुरु

प्रकासित मिति: १५ मंसिर २०७३, बुधबार ०७:४८

काठमाडौँ , मङसिर १५ । बैकल्पिीक प्रजातान्त्रीक शत्तिको रुपमा नेपाली राजनीतिमा पहिलो संविधान सभा निर्वाचन हुन भन्दा अगाडि स्थापीत नेपाल परिवार दलको राष्ट्रव्यापी प्रशिक्षण, सदस्यता वितरण र संगठन विस्तारको १०० दिने महाअभियान शुरु भएको छ । परिवार दलको केन्द्रीय कार्यालय पुरानोबानेश्वर बिहिबार आयोजित कार्यक्रममको बिच नेपाल परिवार दलका महामन्त्री बिनोद डाँगीले शुभ आरम्भ गर्नुभएको छ ।
अभियानको शुभआरम्भ गदै महामन्त्री डाँगीले पार्टीको दर्शनमा कुनै खोट नभएकोले सबैको सहकार्यबाट परिवार दल अगाडि बढेको जानकारी दिदै यो दललले नेपाली जनताको साथ र समर्थन प्राप्त गरेको बताए । उनले दलले बोकेको राजनीतिक दर्शनलाई गाउ स्तर सम्म पु¥याउन दलका नेता तथा कार्यक्रताहरुलाई आग्रह गरे ।
दलकी केन्दीय सदस्य एवम सांसद मिलन कुमारी राजबंशीले समयको माग अनुसार जन्मको पार्टीले जनताको सरोकारको पक्षमा जहिले पनि आवाज उठाईरहको बताए । जव मुलकमा संकट पर्छ तव परिवार दलले अभिभावकीय भूमिका खेल्दै सबैलाई मिलाएर लैजाने अभिभारा परिवार दलको रहेको बताईन् ।
दलका केन्द्रीय सदस्य देबी प्रसाद निरौलाले ठूला पार्टी जसरी संगठन बिस्तारमा लागेका छन् त्यो भन्दा बढी युवा शक्तिलाई परिचालन गरेर गाउँमा जानु पर्नेमा जोड दिए । उनले दलले राजनीतिक भाषण बाजी भन्दा रोजगार सृजना गर्ने अभियान सञ्चालन गनुपर्नेमा जोड दिए ।
अर्का केन्द्रीय सदस्य गोमादेवी दहालले ठूला दलको मनपरीतन्त्रको बिरुद्धमा परिवार दलले गाउँस्तर सम्म जनजागरणको अभियान लिएर जाने बताउँदे अव जनतालाई भाषण हैन रासनको ब्यबस्था गर्ने तर्फ दल लाग्नुपर्ने बताए । दलको भातृ संगठन पीस फोर्स नेपालका अध्यक्ष अशोक भट्ट नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अभियान संञ्चालन गरेर नेपाली जनताको मन जित्न सकेको बताए । सो अवसररमा दललका केन्द्रीय सदस्य दयाराम कडेल, गोबिन्द नाथ मिश्र, मनोज कुमार सुखेती लगायतले बोलेका थिए ।
कार्यक्रममा महामन्त्री बिनोद डाँगीले बिभन्ने दल परित्याग गरि नेपाल परिवार दलमा प्रबेश गर्ने एक दर्जन भन्दा बढीलाई टिका तथा पार्टीको सदस्यता बितरण गरेका थिए । कार्यक्रम दलका केन्द्रीय सदस्य एवम प्रदेश नं ३ का सयोजक गणेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
यसैगरी सातै प्रदेशबाट महाअभियानको शुरुवात भएको नेपाल परिवार दलले जनाएको छ । दलले मङ्सीर १५ गतेदेखि फाल्गुण १७ गते सम्मको १०० दिनलाई ‘राष्ट्रव्यापी प्रशिक्षण, सदस्यता वितरण र संगठन विस्तार महाअभियान’का रुपमा सञ्चालन गरेको छ ।
अभियानमा दलले ‘एक दिन ः १००० सदस्य’ को नारासहित १०० दिनमा राष्ट्रव्यापी प्रशिक्षणमार्फत् कम्तिमा १ लाख साधारण सदस्य बनाउनेछ । सबै जिल्ला मातहतका नगरपालिका तथा उल्लेख्य गा.वि.स. हरूमा संगठन विस्तार गरिने दलले जनाएको छ ।
‘जनताको आदेश ः संमृद्ध प्रदेश’, ‘सम्पूर्ण समस्याको हल ः घरघरमा परिवार दल’, ‘आर्थिक क्रान्तिको दशक सफल पारौँ’, ‘आर्थिक–नैतिक–वैचारिक आन्दोलन सफल पारौँ’ लगायतका नारासहति अभियानलाई देशव्यापी रूपमा क्रियाशील गरिने महामन्त्री डाँगीले बताए ।
दलले अभियानको क्रममा तुरुन्त तिनै तहको निर्वाचनको मिति तोक्न र तयारी गर्न पार्टीको तल्लो स्तर सम्म दलका अभियान र राजनीतिक दर्शनलाई पु¥याउने दलले जनाएको छ ।

Bhansar Bivag
Argakhachi Cement