परिवार दलद्धारा ४५१सदस्यीय केन्द्रिय निर्बाचन परिचालन कमिटि गठन

प्रकासित मिति: २२ कार्तिक २०७४, बुधबार १०:५८

२२ कात्तिक, काठमाडौं । नेपाल परिवार दलको केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भयको छ । दलका अध्यक्ष एकनाथ ढकालको अध्यक्षतामा बसेको बैठकले महामन्त्री बिनोद डाँगीको नेतृत्वमा आसन्न निर्बाचनको लागि ४५१ सदस्यीय केन्द्रिय निर्बाचन परिचालन कमिटि गठन गरेको छ । बैठकले तिब्र प्रचार प्रसार मार्फत वाम प्रगतिशिल गठबन्धनको अत्याधिक बहुमत ल्याउन क्रियाशिल रहने निर्णय गरेको प्रबक्ता सन्तोष पौडेलले जानकारी दिए ।
त्यसैगरी बैठकले परिवार दलले सातै बटा प्रदेशमा चुनाबी सभा तथा अन्तरक्रिया कार्यक्रम दलका केन्द्रीय अध्यक्ष एकनाथ ढकालको उपस्थतिमा गर्ने निर्णय समेत गरेको छ । बैठकले स्वीकृत गरेको प्रचार सामग्रीमा “परिवार दलको आब्हान स् सुर्यमा मतदान“ “सामाजिक एकता, शान्ति र आर्थिक समृद्धिको आधार ः वाम प्रगतिशिल गठबन्धनको स्थिर र बलियो सरकार” भन्ने लगायतका नाराहरु उल्लेख गरिएको छ । बैठकले आसन्न निर्वाचन स्वतन्त्र र निश्पक्ष र धाँधली रहित रुपमा सम्पन्न गर्न सरकारको ध्यानकर्षण गराउँदै आम नागरिकलाई उत्साहपूर्वक रुपमा सहभागी हुन् अनुरोध समेत गरेको छ । परिवार दलले आफ्नो प्रतिबद्धतामा राष्ट्रियताको संरक्षण, संविधानको कार्यन्वयन, शान्ति, लोकतन्त्र र आर्थिक संमृद्धि , भ्रष्टाचार निवारण र शुशाशन लाइ प्राथमिकतामा राखेको छ । त्यसैगरी असल परिवार र नैतिकवान समाज, सामाजिक सदभाव र मेलमिलाप, कृषि, उर्जा तथा औधोगिक विकास, सामाजिक सुरक्षा तथा गुणस्तरिय जीवन, लगानी मैत्री बाताबरण, प्रेश स्वतन्त्रता र नागरिक अधिकार, वाताबरण संरक्षण, पर्यटन प्रबद्धन र युवा रोजगार तथा बाम प्रगतिशील गठबन्धनको घोषणा पत्रको कार्यन्वयन गर्ने पनि परिवार दलले प्रतिबद्धता जाहेर गरेको छ ।
प्रतिनिधि सभाको निर्बाचनमा परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्रि एकनाथ ढकाल नेकपा एमालेको चुनाब चिन्ह सुर्यवाट समानुपातिक उम्मेदवार भएका छन् । अध्यक्ष ढकालले आफ्ना सम्पूर्ण सदस्यहरुलाई निर्बाचनमा गठबन्धनलाई जिताऊन युद्ध स्तरमा खट्न निर्देशन दिनु दिएका छन् । बैठकले केहि महिना अघि कारबाहीमा परेका केन्द्रिय सदस्य शिवजी भट्टराईको कारबाही फुकुवा गरि प्रदेश सदस्यको जिम्मेवारी दिएको छ ।

Bhansar Bivag
Argakhachi Cement