काठमाडौं । नेकपा एमालेसँग तीनबुँदे सहमति गरेर सूर्य चुनाव चिन्हबाट आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लड्ने घोषणा गरेको नेपाल परिवार दलले गोरखाबाट चुनावी अभियान सुरु गर्दै छ ।
परिवार दलका अध्यक्ष एकनाथ ढकालको गृहजिल्ला रहेको गोरखाबाट सोमाबार चुनावी कार्यक्रमहरू सुरु गर्न दलका नेता तथा कार्यकर्ताहरू गोरखामा भेला हुँदै छन् । गोरखा सदरमुकाममा हुने चुनावी प्रचार कार्यक्रममा दलका अध्यक्ष एवं पूर्वमन्त्री ढकालले सम्बोधन गर्नेछन् ।
अध्यक्ष ढकाल आगामी प्रतिनिधि सभा चुनावका लागि एमालेको समानुपातिक सूचीको अग्रस्थानमा रहेका छन् । विगतदेखि नै ‘नेपाल एक घर र सम्पूर्ण नेपाली एक परिवार’ भन्ने मान्यतामा रही परिवार दलले सडक, संसद र सरकारमा अभिभावकीय भूमिका खेल्दै आएको छ ।
‘असल परिवार, समृद्ध नेपाल ः अग्रपन्थी लोकतन्त्र, हाम्रो मूलमन्त्र’ भन्ने नाराका साथ परिवार दलले सदैव ‘सबल राष्ट्रियता, आर्थिक विकास, पारिवारिक मूल्यमान्यता, समानता, नैतिकवान् समाज, सुशासन तथा कानूनी राज्य’को पक्षमा वकालत गर्दै आएको छ र निरन्तर गर्ने प्रतिबद्धता चुनावी घोषणपत्र मार्फत् पुनः दोहो¥याएको छ ।
परिवार दलले राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति, लोकतन्त्र र समृद्धि, भ्रष्टाचार निवारण र सुशासन, असल परिवार र नैतिकवान् समाज, सामाजिक सद्भाव र मेलमिलाप, युवा तथा रोजगार, पर्यटन प्रवद्र्धन, शिक्षा तथा स्वास्थ्यमा सबैको पहुँच, लगानीमैत्री वातावरण सिर्जना, वातावरण संरक्षण, पर्यटनको विकास, प्रतिव्यक्ति आयमा वृद्धि, प्रगतिशील÷वाम–गठबन्धनको घोषणा–पत्रको कार्यान्वयन लगायतका विषयलाई आफ्नो घोषणापत्रमा प्राथमिकता दिएको छ ।