२४ मंसिर, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा वाम प्रगतिशील गठबन्धनका नेता एकनाथ ढकालले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ट नेता माधब कुमार नेपाल संग भेट गर्नु भयको छ । कोटेश्वर स्थित नेपाल निवासमा भयको भेटमा नेता ढकालले पूर्व प्रधानमन्त्री नेपाललाई बधाई दिदै सबै पक्षलाई मिलायर अघि बढ्न सुझाब दिनु भयको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिनु भयो । पूर्व प्रधानमन्त्री नेपालले जित्ने मातिने र हार्ने आत्त्तिने गर्नु हुदैन भन्दै निर्बाचनको परिणाम स्वीकार गरेर देश प्रतिको आ-आफ्नो जिम्म्बेवारी बहन गरि अघि बढ्नु पर्ने बताउनु भयो ।