परिवार दल कास्कीले भन्यो : एशिया प्यासफिक समिटले देशको प्रतिष्ठा बढायो ।

प्रकासित मिति: ७ पुष २०७५, शनिबार १५:५८

पुस ७ कास्की । नेपाल परिवार दल कास्की जिल्ला समितिको बैठक सनिबार बसेको छ । दलका केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका संयोजक प्रकाशबाबु थापाको उपस्थतीमा बसेको बैठकले समसामयिक राजनीतिक बिषयमा छलफल गरेको छ ।
बैठकले हालै सम्पन्न भएको एसिया व्यासफिक सम्मेलनले देशको प्रतिष्ठा र नेपालको पर्यटन बिकास र नेपालको सफल शान्ति प्रकृयालाई विश्व मञ्चमा पुरयाउन सहयोग पुरयाएको निश्र्कष निकालेको दलका केन्द्रीय सदस्य एवम गण्डकी प्रदेशका संयोजक प्रकाशबाबु थापाले जानकारी दिए ।
दुई घण्टा सम्म चलेको बैठकमा परिवार दल कास्की जिल्ला कार्यबाहक अध्यक्ष कल्पना बरालले दलको जिल्लामा प्रभाव राम्रो रहेको उल्लेख गदै अव संगठन बिस्तारलाई जोड दिने बताईन् ।
दलका केन्दीय सदस्य रामचन्द्र देवकोटा गण्डकी प्रदेश संयोजक टलक प्रसाद भट्ट दलका सल्लाहकार बिन्दुराज घिमिरे लगायतका नेताले दलले लिएको निति राम्रो रहेको उल्लेख गदै अव जनस्तरमा संगठन बिस्तार गनुपर्नेमा जोड दिए ।

Bhansar Bivag
Argakhachi Cement