नेपाल परिवार दल बर्दिया जिल्लाको अध्यक्षको जिम्बेबारी राजापुर – ७, बर्दिया निबासी लौटन चौधरीलाइ प्रदान गरिएको छ । जिल्ला कार्य समिति बर्दियाको अध्यक्ष श्री सुशिल कुमार लामिछानेले राजीनामा दिनुभएपछि अध्यक्ष एकनाथ ढकालले चौधरीलाइ कार्यबाहक अध्यक्षमाँ चयन गरेका हुन । स्नातकोतर अध्ययनरत चौधरी बिगत ७ बर्ष देखि परिवार दलमा आबद्ध हुनुहुन्छ । नेपाल परिवार दल बर्दियाको अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी तथा जिल्ला नेताहरुले पार्टी परित्याग गरेको भन्ने समाचारको पनि परिवार दलले खंडन गर्दै उक्त समाचारमा कुनै पनि सत्यता नभएको स्पस्ट पारेको छ । कार्यबाहक अध्यक्षको नेतृत्वमा जिल्लाका सबै कार्यकर्ता एकताबद्ध भयर पार्टीको काममा लाग्न परिवार दलले आफ्ना कार्यकर्तालाई आग्रह गरेको छ । – See more at: http://www.rastriyakhabar.com/?p=66570#sthash.AVbodsP0.dpuf