पल र पुजालाई सुर्य अवार्ड

प्रकासित मिति: ३१ भाद्र २०७५, आईतवार १५:२७

म यस्तो गीत गाउँछु उत्क्रिष्ट फिल्म

काठमाडौं । सुर्य ईन्टरनेशनल अवार्ड२०१८ सम्पन्न भएको छ । जापानको टोकियो अवस्थित नाकानो जिरो हलमा अवार्ड समारोह सम्पन्न भएको हो । १२ बिधा र मास पपुलर ४ बिधामा मा दीइएको अवार्डम उत्क्रिष्ट फिल्म म यस्तो गित गाउँछु र उत्क्रिष्ट नायक पल शाह र नायिका पुझा शर्मा भएका छन् । दर्शकले दिएको भोटको आधारमा दीईएको अवार्ड मा पल र पुजा दुबै फिल्म म यस्तो गित गाउँछु बाट उक्रिष्ट भएका हुन् । यस्तै उत्क्रिष्ट निर्देशक फिल्म म यस्तो गित गाउँछु बाटनै सुदर्शन थापाले अवार्ड उचालेक छन् । अन्य बिधाहरुमा उत्क्रिष्ट सपोर्टिङ पुरुषतर्फ प्रशान्त ताम्राकार र महिला तर्फ बर्षा राउत घोषित भएका छन् । आयोजकले भोटिङ्गको आधारमा बाहेक आयोजकले मास पपुलरको आधारमा ४ वटा अवार्ड वितरण गरिएको छ । गत बर्ष प्रदर्शनमा आएको फिल्महरुबाट रहने गरि नायक, नायिका, निर्देशक र फिल्म गरि ४ बिधामा अवार्ड वितरण गरिएको हो । जसमा उत्क्रिष्ट नायकमा अनमोल केसी, नायिकामा सम्राज्ञी राज्य लक्ष्मी शाह, निर्देशकमा प्रदिप भट्टराई र फिल्ममा छक्का पञ्जा २ रहेको छ । यस्तै अवार्ड समारोहमा नेपालकी पहिलो हाँस्य अभिनेत्री बसुन्धरा भुषाललाई लाईफ टाईम एचिभमेन्ट अवार्ड(२०१८ प्रदान गरिएको छ । यस्तै ३ दशकदेखी नेपाली फिल्म क्षेत्रमा क्रियाशिल सदबहार नायक भुवन केसीलाई सुर्य कलाकरिता सम्मन(२०१८ प्रदान गरिएको छ । निरन्तर चलचित्र पत्रकारितमा कलम चलाउँदै आउनुभएका समिप्यराज तिमल्सेनालाई नगद २५ हजार जापानिज येन सहित सुर्य चलचित्र पत्रकारिता(२०१८ बाट पुरस्क्रित गरिएको छ । यस्तै निरन्तर फोटो पत्रकारितामा सक्रिय रहनुभएका फोटो पत्रकार श्रीधर पौडेललाई पनि नगद १५ हजार सहित पुरस्क्रित गरिएको छ । अवार्ड समारोहमा गीतको ६ विधामा लोकतर्फ गायक रामजी खाँण र गायिका सम्झना लामिछाने मगर उत्क्रिष्ट घोषित भएका छन् । यस्तै पपतर्फ कमल खत्री गायक र गायिका इन्दीरा जोशी उत्क्रिष्ट भएका छन् । यता आधुनिक तर्फबाट राजेश पायल राई र मेलिना राई गायक गायिका घोषित भएका छन् । अवार्डमा नेपालबाट ४ दर्जन कलाकारहरु उपस्थित भएका थिए । यस्तै जापानलाई कर्मथलो बनाईरहेका नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रलाई माया गर्ने पाँ सय भन्दा बढि दर्शकहरु उपस्थित रहेको थियो । अवार्ड समारोहले नेपाली कला, संस्क्रिति को संरक्षण तथा नेपाली फिल्म र गीत संगीतको प्रबर्धनमा टेवा पुग्ने आयोजकले दाबी गरेका छन् । अवार्ड समारोह पछि जापानम निरन्तर नेपाली फिल्म रिलिज गर्ने तयारी गरिएको आयोजक संस्थाका अध्यक्ष बासुदेव लामिछानेले बताएका छन् । कार्यक्रमा भोटिङ्ग सिष्टमको लागी बीइआईटी कम्पनीका पवन थापाले जिम्मा लिएका थिए ।

Bhansar Bivag
Argakhachi Cement