पाँचदिने नेतृत्व विकास तालिम

प्रकासित मिति: २५ असार २०७४, आईतवार १४:२७

सुर्खेत । विश्व शान्ति तथा एकीकृत परिवार संघ नेपाल र कार्प नेपालको संयुक्त आयोजनामा पाँचदिने रूपान्तरित नेतृत्व विकास तालिम बिहीबारदेखि सुरु भएको छ । मंगलबारसम्म चल्ने तालिममा करिब ६० जनाको सहभागिता रहेको छ । जिल्ला शिक्षा कार्यालय सुर्खेतका जिशिअ जीत बहादुर शाहको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन समारोह आयोजना भएको थियो ।
कार्प नेपालका अध्यक्ष रूवसिंह भण्डारी मुख्य प्रशिक्षक रहेको तालिमको पहिलो सत्रमा कार्प नेपाल सुर्खेतका संयोजक लोकेन्द्र थापाले कार्यक्रम सहजीकरण गरेका थिए । कार्यक्रममा सहभागीहरूलाई नैतिक तथा चारित्रिक शिक्षा र युवा विकास सम्बन्धी प्रशिक्षण दिइएको थियो । कार्यक्रममा शान्तिदूतहरु चन्द्रबहादुर गिरी, योगेन्द्र कार्की, लक्ष्मण कँडेल लगायतको सहभागिता रहेको थियो ।

Bhansar Bivag
Argakhachi Cement