पातले वनले भारतदेखीका पर्यटक नेपाल भित्राउने

प्रकासित मिति: २७ फाल्गुन २०७४, आईतवार १२:४१

रामायणसँग जोडिएको दशरथलाई पुत्रलाभ गराउने श्रृङ्गऋषिको गुफा र यसका आसपासका क्षेत्रको संरक्षण र प्रवर्धन गरेर भारतदेखीका पर्यटक लामाटार क्षेत्रमा भित्राउनु पर्ने ललितपुरको लामाटार क्षेत्रका वन संरक्षक र नागरिक अगुवाहरुले बताएका छन् ।
पातले सामुदायिक बन उपभोक्ता समूह सिस्नेरी, ललितपुरको २३ औं साधारण सभाको उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश नं तीनका सांसद एमाले नेता माधव पौडेलले नेपालकै सबै भन्दा पहिलो समुदायिक वन उपभोक्ता समूह भएकाले पनि यसले नमुनको रुपमा काम गर्न सक्ने बताउनु भयो । महालक्ष्मि नगरपालिका मेयर रामेश्वर श्रेष्ठले पर्यटनको बिकासका दृष्टिले ललितपुरका सामुदायिक वनहरुलाई स्थरउन्नती गर्नु पर्ने बताउनु भयो ।माओवादि केन्द्रका केन्द्रका नेता शिव कट्टेलले वनको संरक्षणका साथै यसबाट आउने आम्दानी समुदायको हितमा प्रयोग गर्नु पर्ने बताउनु भयो । देशभरिका सामुदायिक रेडियोहरुको नेटवर्क सीआईएनका प्रमुख दीपक आचार्यले श्रृङ्गऋषि गुफा र सुर्यमैतेको गुफा र त्यस आसपासका धार्मीक ऐतिहासिक महत्व बोकेका स्थलहरुको संरक्षण र प्रवर्धन गरेर धार्मीक पर्यटकिय क्षेत्रको रुपमा यसको बिकास गर्न पातले सामुदायिक बनले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भयो । लाँकुरी भन्ज्यांग पर्यटन बिकास समिति मार्फत सांसद पौडेलले गरिरहेको प्रयासलाई सञ्चार माध्यमबाट आफुले पनि प्राथमिकताका साथ प्रचार गर्ने काम गरेको भन्दै आचार्यले लूभू र लामाटार क्षेत्रको पर्यटकिय क्षेत्रहरुको एकिकृत बिकासको आवस्यकता रहेको बताउनु भयो । पातले सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिरा बहादुर पौडेलले चराचुरुङ्गिको ब्यवस्थापन गर्नको लागि सय भन्दा बढि चराको गुढ राख्ने काम गरेको बताउनु भयो । एक वर्षभित्र वन क्षेत्रभित्रको धार्मीक स्थलहरुको सुधार गरि पर्यटकहरुका लागि पिकनिक स्थलहरु बनाई एक लाख भन्दा बढि पर्यटक भित्राउने योजना पनि उहाँले प्रस्तुत गर्नु भयो ।

Bhansar Bivag
Argakhachi Cement