काठमाडौं । पूर्वमन्त्री एवम् नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले बालबालिकाको उचित सुरक्षा गर्न सरकारसंग माग गर्नु भएको छ । बुधबार राजधानी स्थित ग्रीनसिटि अस्पतालमा सामुहिक बलात्कारमा परि उपचार गरिरहेकी एक ८ बर्षे पिडित बालिकालार्इ भेटेपछि ढकालले यस्तो कुरा बताएका हुन् ।
८ बर्षे बालिका बलात्कृत हुनुले सिंगो नेपाली समाजको शिर झुकेको छ भन्दै ढकालले यस्ता जघन्य अपराध उपर कडा भन्दा कडा कारबाही गर्न र पिडितको जिम्म्म सरकारले लिन माग पनि गरे । बाम प्रगतिशिल गठबन्धनका नेता समेत रहेका ढकालले बिद्धालयमा नैतिक शिक्षा अध्यापन गराउने तथा बालबालिका हिंसा रोक्न अन्य दिर्घकालीन योजना लागु गर्न पनि सरकारलाई आग्रह गरे । पिडित बालिकालाइ सहयोग गरिरहेको रक्षा नेपाल सस्थाकी अध्यक्ष मेनुका थापा तथा ग्रीनसिटि अस्पतालका अध्यक्ष एलबी टन्डनसंग पनि पूर्वमन्त्री ढकालले छलफल गरेका थिए। ढकालले रक्षा नेपालको मानबिय कार्यको प्रसंशा गर्दै बालिकाको उपचारमा कुनै कसुर बाँकि नराख्न ग्रीनसिटि अस्पताललाई आग्रह गरेको ढकालका स्वकीय सचिब जितेन्द्र श्रेष्ठले जानकारी दिए । ढकालले पिडित बालिकाका पितालाई केहि आर्थिक सहयोग समेत उपलब्ध गगराएका थिए ।