पूर्वमन्त्री ढकाल बने आठ बालबालिकाका अभिभाबक

प्रकासित मिति: १९ बैशाख २०७५, बुधबार १६:४१

१९ वैशाख, काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मुगु जिल्लाका अति बिपन्न आठ जना बालबालिकालाई बिद्यालय भर्ना गरेर अभिभावक बनेका छन् । बुधबार उपत्यकाको एकता एकाडेमीमा ती आठ जना बिद्यार्थी भर्ना गराएका हुन् । नेपाल सरकारले घोषणा गरेको बालबालिका भर्ना अभियान २०७५ मा ऐक्यबद्धता जनाउदै पूर्व मन्त्रि ढकालले मानब विकासको सूचांकमै अति तल रहेको मुगु जिल्लाका बालबालिकालार्इ उपत्यकामा अध्ययन गर्ने अवसर मिलाई दिएका हुन् । बालबालिका भर्ना गर्न एकता एकाडेमी ललितपुर पुगेका ढकालले अशिक्षा र गरिबीको अन्त्य गर्न सरकार र नागरिक एक भएर अघि बढ्नु पर्ने बताए । ढकालले संविधानले शिक्षा लाइ मौलिक हकको रुपमा स्वीकार गरे पनि अझै हजारौ बालबालिका शिक्षाको उज्यालो घाम वाट बन्चित हुनु परेकोमा चिन्ता ब्यक्त गर्दै संमृद्ध नेपाल निर्माण गर्न मुलत शिक्षामै जोड दिनु पर्ने बताए । ढकालले भर्ना गर्नु भएका बालबालिका हरुमा कुशल बुढा, राजेन्द्र चन्द्रा, सुष्मा चन्द्रा, बिबेक बुढा, सरिता चन्द्रा, सुमन बुढा, आकृति बिक र सरोज बिक हुन । पाँच जना मात्र बालबालिका भर्ना कार्यक्रममा बिद्धालयमा उपस्थित भए पनि नेता ढकालले आठ जनाकै भर्ना गरिदियका थिए । एकता एकाडेमीका प्राचार्य कृष्ण प्रसाद ढकालले पूर्व मन्त्रि ढकाललाई धन्यबाद दिदै बिधार्थीहरुलाइ उचित शिक्षा प्रदान गर्न कुनै कसुर बाँकि नराख्ने प्रण गरेका थिए ।

Bhansar Bivag
Argakhachi Cement