भियना । युरोप भ्रमणमा रहनु भएका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले विभिन्न राष्ट्रका नेताहरु संगभेट बार्ता गर्नु भएको छ । ढकालले अस्ट्रियाको भियनामा कोसोवोका पूर्व राष्ट्रपति महामहिम फट्मिर सेज्दिउ संग भेटि छलफल गर्नु भएको छ । भेटमा अन्तराष्ट्रिय मुद्धाहरुको बारेमा छलफल हुनुका साथै कोरियाली प्रायदिपको स्थायी शान्तिको लागि दुइ कोरिया बीच भएको शिखर बार्ताको पनि दुवै नेताले स्वागत गर्नु भएको ढकालको भ्रमण दलका सदस्य एवम् परिवार दलका केन्द्रीय सदस्य मनोज सुर्खेतीले जानकारी दिए । भियनामा ढकालले युरोपियन युनियन, कोरियन, जापानिज, रसियन लगायत देशका कुटनीतिकज्ञहरु संग पनि भेट तथा छलफल गर्नु भएको थियो । नेता ढकाल ५ दिने भ्रमण सकेर बुधबार नेपाल फर्किदै हुनुहुन्छ ।