राष्ट्रियप प्रजातन्त्र पार्टीले ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विविध कार्यक्रमसहित मनाउने भएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पृथ्वी जयन्ती तयारी समितिको बैठकले यस्तो निर्णय गरेको हो। केन्द्रीय सचिवालयद्वारा आयोजित बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए। बैठकले देशका सबै जिल्लामा विविध कार्यक्रम गरि पृथ्वी जयन्ती मनाउने निर्णय गरेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।